झापा–११ लाई हराउँदै एपीएफ झापा महिला गोल्डकपको फाइनलमा

SITENAME

 

झापा–११ फुटबल क्लबलाई हराउँदै विभागीय टोली एपीएफ फुटबल क्लब झापा महिला गोल्डकपको फाइनलमा पुगेको छ ।

झापाको दूधे रङ्गशालामा आज भएको पहिलो सेमिफाइलनमा एपीएफले झापा–११ लाई २–० गोलले हरायो । एपीएफकी रश्मीकुमारी घिसिङले २ गोल गरिन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि दिउँसो विभागीय दुई टोली नेपाल पुलिस फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो संस्करणको झापा महिला गोल्डकपको विजेताले ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीले १ लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस
SITENAME

डडेल्धुराको नवदुर्गा गाउँपालिकामा अध्यक्षकप खुला पुरुष भलिबल प्रतियोगिता सुरु

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा पालिकाको आयोजनामा पालिका स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता बिहीबार देखि सुरु भएको छ । नवदुर्गा

SITENAME

दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा चार राष्ट्रिय कीर्तिमान

  कर्णाली प्रदेशमा चलिरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिन पौडीमा चार नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ । हिजोसम्म बागमती

SITENAME

२०८२/ ८३ मा नेपालको आर्थिक वृद्धिदर ३।८५ प्रतिशतमा सीमित

   गएको आर्थिक वर्ष २०८२र८३ मा देशको आर्थिक वृद्धिदर ३।८५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक

↑