हाम्रो बारेमा
सुदूरपश्चिमको पहाडी जिल्लाको प्रवेशद्वाराको रुपमा रहेको डडेल्धुरा जिल्लामा स्थापित परिवर्तनका लागि संचार समुह नेपालद्वारा संचालित रेडियो सुदूरआवाज ९५ मेघाहर्ज एक गैर नाफामुखि सामुदायिक रेडियोको रुपमा संचालनमा रहेको छ। सुदूर र मध्यपश्चिमलाई लक्षित गरी सुरु गरिएको यस रेडियोको प्रसारण सुदूरपश्चिम र मध्यपश्चिमका लाखौ लाख श्रोताहरु माँझ सुनाउन सफल भईरहेको छौं।
सञ्चार विकासको संवाहक हो, सकारात्मक सोच लिएर अगाडी बढे हरेक समाजको सवाङ्गीण विकासलाई गति दिन सकिन्छ भन्ने मान्यताका साथ अगाडी बढेको रेडियो सुुदूरआवाजले सुदूरका जनताका विचार यहाको विशिष्ट कला संस्कृति, पर्यटकीय संम्भावनाहरुको खोजी तथा प्रचारप्रसारका माध्यमले अगाडी बढीरहेको छ। सुदूरको विकासलाई गति दिने तथा संबिधान प्रदत्त जनताको सू–सुचित हुने हकका पक्षमा सदा लडिरहने मिसनका साथ अगाडी बढिरहेको रेडियो सुदूरआवाजको संस्थागत विकासका लागि यहाँको अमूल्य सहयोग, सल्लाह, सुझाव तथा सद्भावको अपेक्षा हामीले गरेका छौ।
यस सामुदायिक रेडियोको स्थापना उद्योगी, ब्यवसायी, क्रियासिल संचारकर्मी, समाजसेवीहरुको सामुहिक प्रयासवाट भएको भएता पनि यसका वास्तविक मालिक सम्पूर्ण श्रोता, विज्ञापनदाता तथा शुभचिन्तकहरु नै हुन्।
केन्द्रिकृत राज्य व्यवस्थाका कारण मोफसलमा पत्रकारिताको बर्तमान अवस्थामा सबैतिर अत्यन्त चुनौती रहेको अवस्थामा रेडियो सुदुरआवाज संचालनमा पनि अत्यन्तै चुनौतीपूर्ण छ। राज्यले मोफसलको पत्रकारिता बिकासमा आवश्यक नितिको अभाव, बिज्ञापनको साँघुरो क्षेत्र तथा आर्थिक सामाजिक रुपमा पिछडिएको क्षेत्र हाम्रां मुख्य चुनौती हुन तथापी जनताको सुचित हुने अधिकार तथा यस क्षेत्रको समग्र बिकासमा योगदान पु¥याउनु, ग्रामिण क्षेत्रमा सुचनाको पहुँच पु¥याउन एक सचेत नागरिकको कर्तब्य रुपमा आफनै ब्यक्तीगत पहलमा हामीले रेडीयो स्थापना गरेका थियौ र अगामी दिनमा पनि यस रेडियोलाई सु.प.को एक शशसक्त संचार माध्यमका रुपमा विकाश गर्न हाम्रो बिशेष ध्यान पुर्याउनु पर्ने देखिन्छ।
सहकार्य र समन्वय :
रेडियो स्थापनासँगै हामीले सामुदायिक रेडियो प्रशारक संघ र बिबिसी नेपाली सेवासँगको सहकार्यमा कार्यक्रमहरु प्रशारण गदैं आईरहेका छौंं। सहकार्य र समन्वयलाई थप प्रगाड बनाउने उद्देश्यका साथ अहिले हामीले, उज्यालो ९० नेटवर्क, कम्नीकेसन कर्नर, नेपालबाणी नेटवर्क, एन्टेना फाउन्डेसन, एनसेट, बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कम्पनीहरु र अन्य बिभिन्न सरकारी तथा गैरसरकारीसँग सहकार्य र समन्वय अगाडी बढीरहेको अवस्था छ।
रेडियोको भौतिक संरचना :
परिर्वतनका लागि संचार समुह नेपालद्वारा संचालन हुदै आएको रेडियो सुदूरआवाज ९५ मेगाहर्ज हो। ५०० वाट क्षमताको बिद्यूतीय तंरग मार्फत सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाका १८ लाख जनतालाई सुसुचित गराईरहेका छौं। स्थापनाकाल देखी हालसम्म रहेको रेडियो भौतीक संरचना निम्न अनुसार रहेको जानकारी गराउन चाहान्छु। बैकल्पीक उर्जा प्रबन्धन केन्द्रको सहयोगमा २२४० वाटको सोलार उर्जा पनि जडान भएको । १८ घण्टे नियमित प्रशारणलाई थप ब्यावस्थीत बनाउन बिभिन्न आधुनिक प्रबिधिहरु पनि जडान गरिएका छन्।
रेडियोको प्रभाव क्षेत्र :
सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लासम्म यस रेडियोको प्रभाव क्षेत्र रहेका सम्पूर्ण प्रतिनिधि साथीहरुमा जानकारी गराउन चाहान्छौ। सुदूरपश्चिमका डडेल्धुरा, डोटी, बैतडी, दार्चुला, कैलाली, बझाङ, अछाम, कैलाली र बाजुरा तथा अधिकाश भूभाग तथा कैलाली जिल्लाको केही भागमा आशिंक प्रभाव रहेका छ भने मध्यपश्चिममा जाजरकोट, दैलेख, कालिकोट र सुर्खेत जिल्लामा राम्रै प्रभाव रहेको छ। भने भारतका धेरै ठाउँमा पनि प्रभाव छ। सुदुरपश्चिमका पहाडी जिल्लामा रेडियो सुदूरआवाज सबैभन्दा बढी कभरेज क्षेत्र भएको रेडियोको रुपमा स्थापित भएको छ । पछिल्लोमा प्रबिधिको बिकाससँगै रेडियोलाई अनलाईनबाट पनि संसार भर सुन्न सकिने अवस्था छ।
डडेल्धुरा जिल्लावाट ५०० वाट क्षमताको अत्याधुनिक उपकरण सहित डिजिटल प्रणालीको प्रयोग एवं ५ वटा एन्टेनाको जडान गरी २२०० सय मिटरको उचाईमा एक सय फिटको टावर जडान गरी सुदूर तथा मध्यपश्चिमका करिव १८ लाख भन्दा वढी श्रोताहरु माँझ यस क्षेत्रका विकासका संम्भावना, कला, संस्कृतिको जगेर्ना तथा सिमान्तकृत वर्गलाई राज्यको मूलधारमा समाहित गर्न राज्यको ध्यान आर्कषण गराउने एक अभियानताको रुपमा रेडियोलाई स्थापित गर्ने प्रयास गरिरहेका छौं।
हाम्रा महत्वपुर्ण कार्यक्रम
सशक्त रेडियो प्रसारण सेवाका माध्यमले यस क्षेत्रको सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका लागि सामाजिक सरोकारका विषयमा अग्रणी भूमिका निर्वाह गर्ने, सवै समुदाय र वर्ग हितका निम्ती अग्रसर रहने, सवै उमेर समुहको भावनाको कदर गर्दै अगाडी वढ्ने, हरेक एक घण्टामा देश विदेशका ताजा खवरह? प्रसारण गर्ने उद्येश्य हामीले लिएका छौं। सुदूरपश्चिम डोटेलीको उद्गम स्थल भएका कारण पनि हामीले डोटेली भाषालाई बिशेष स्थान दिएका छौं। डोटेली भाषाको क्षेत्रमा दैनिक ४ वटा रेडियो कार्यक्रम प्रशारण हुने गरेका छन्।
रहेक घण्टा समाचार (बिहान ७ बजे सुदूर डायरी, ८ बजे आर्थिक समाचार, ९ बजे नेपाल खबर, १० बजे सुदूर हाईलाईट, ११ बजे डोटेली सुदूरखबर, १२ सुदूर हाईलाईट, २ बजे सुदूर हाईलाईट, ४ बजे सुदुर हाईलाईट, ५ बजे डोटेली सुदूरखबर, ६ बजे सुदूर डायरी र १० बजे सुदूरहाईलाईट), घण्टै पच्छे मनोञ्चनात्मक कार्यक्रम, डोटेली भाषाको संरक्षण गर्ने कार्यक्रम, चौपातो हरेक दिन, सामाजिक बिषयमा छलफल तथा कुराकानी गरिने कार्यक्रम, जनचाँसो हरेक सोमबार ८ बजेको आर्थिक समाचारपछि, भुकम्पी सुरक्षा सम्बन्धी पुर्ण जानकारी दिने कार्यक्रम, भुकम्पी सुक्षा हरेक बिहीबार ७ बजे देखि, लोकगितहरुको कार्यक्रम बिहानी, लोकमाला, लोकमञ्जरी, लोकभाका, रहेक दिन ९ बजेको समाचारपछि, डोटेली गितहरुको कार्यक्रम सुदूर रैवार, बालबालिका सम्बन्धीको कार्यक्रम बालमञ्जरी रहेक शुक्रबार दिउँसो ४ः१५ पछि, कलाकारसँग अन्र्तरंग कुराकानी गर्ने कार्यक्रम, अन्र्तरंग शुक्रबार राति ९ः१५ बजेपछि, शैक्षिक जानकारीको कार्यक्रम शैक्षिक सरोकार, स्वास्थ्य सम्बन्धीको कार्यक्रम स्वास्थ्य सरोकार, रेडियो सुदूुरआवाजले सुदूरका जनताका विचार यहाँको विशिष्ट कला संस्कृति, पर्यटकीय संम्भावनाहरुको खोजी तथा प्रचार प्रसारका माध्यमले सुदूरको विकासलाई गति दिने तथा संबिधान प्रदत्त जनताको सू–सुचित हुने हकका पक्षमा सदा लडिरहने मिसनका लागि रहेको छ। समय सापेक्ष बिभिन्न बरिष्ट नेता, नेता, नेतृत्वहरुको बहस मुलक अन्र्तवार्ता गर्ने गरिएको छ। स्थानीय स्तरका मुद्धाहरु देखि लिएर केन्द्र सम्मका मुद्धाहरुमा छलफल र रेडियो बहस संचालन हुने गरेका छन्।






