२०८२/ ८३ मा नेपालको आर्थिक वृद्धिदर ३।८५ प्रतिशतमा सीमित
..jpeg)
गएको आर्थिक वर्ष २०८२र८३ मा देशको आर्थिक वृद्धिदर ३।८५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१र८२ मा ४।४३ प्रतिशत रहेको आर्थिक वृद्धिदर गएको वर्ष घटेको हो ।
गएको वर्ष कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० मा कृषि क्षेत्रको योगदान २४।५ प्रतिशत रहेको छ । यस्तै उद्योगको १३।७ र सेवा क्षेत्रको योगदान ६१।८ प्रतिशत रहेको छ । सेवा क्षेत्रअन्तर्गत सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या ०।९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४५९ पुगेको छ ।
प्रादेशिक रूपमा जीडीपीमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६।७१ र कर्णाली प्रदेशको सबैभन्दा कम ४।२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
गएको आर्थिक वर्ष प्रमुख कृषि बालीको उत्पादन ०।८४ प्रतिशतले घटेको छ भने औद्योगिक क्षेत्रको औसत क्षमता उपयोग पनि ४८।१३ प्रतिशतमा सीमित भएको छ ।
वैदेशिक व्यापारतर्फ निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च देखिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप १२।७२ र कर्जा प्रवाह ६।५५ प्रतिशतले बढेको छ ।

डडेल्धुराको नवदुर्गा गाउँपालिकामा अध्यक्षकप खुला पुरुष भलिबल प्रतियोगिता सुरु
डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा पालिकाको आयोजनामा पालिका स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता बिहीबार देखि सुरु भएको छ । नवदुर्गा

दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा चार राष्ट्रिय कीर्तिमान
कर्णाली प्रदेशमा चलिरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिन पौडीमा चार नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ । हिजोसम्म बागमती

झापा–११ लाई हराउँदै एपीएफ झापा महिला गोल्डकपको फाइनलमा
झापा–११ फुटबल क्लबलाई हराउँदै विभागीय टोली एपीएफ फुटबल क्लब झापा महिला गोल्डकपको फाइनलमा पुगेको छ । झापाको दूधे रङ्गशालामा आज भएको पहिलो







प्रतिकृया दिनुहोस