गौतमबुद्ध रङ्गशाला निर्माणलाई तीव्रता दिन मन्त्री लम्सालको निर्देशन

सरकारले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग ९एनपिएल० को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिने भएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । निरीक्षणका क्रममा उहाँले फ्लडलाइट जडान, दर्शक सिट तथा फर्निसिङको काम दुईरतीन महिनाभित्र सम्पन्न गर्ने गरी तत्काल टेन्डर प्रक्रिया अघि बढाउन भवन विभागसँग समन्वय गर्न निर्देशन दिनुभयो ।
मन्त्री लम्सालले आउँदो एनपिएल प्रतियोगिताका खेलहरू विभिन्न मैदानमा विकेन्द्रित गरी सञ्चालन गर्ने निर्णय भएमा चितवनमा पनि खेल हुन सक्ने सम्भावना रहेको बताउनुभयो । यद्यपि, रङ्गशालामा खेल हुने वा नहुने भन्ने विषय नेपाल क्रिकेट सङ्घ ९क्यान० को निर्णयमा निर्भर रहने उहाँको भनाइ छ ।

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द हुँदैछ । पहिरो रोकथामको काम गर्न दैनिक पाँच

प्रचण्डको आरोप: वर्तमान सरकार नागरिकका अधिकार खोस्नेतर्फ उद्यत छ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले वर्तमान सरकार नागरिकले लामो सङ्घर्षबाट प्राप्त गरेका

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुहुने भएको छ । सुर्खेतमा रहेको कर्णाली प्रदेश रङ्गशालामा







प्रतिकृया दिनुहोस