नेपाल र भारतबीच हवाई रुट र पारवहन विस्तारमा ऐतिहासिक सहमति

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच हवाई रुट र पारवहन क्षेत्रमा महत्त्वपूर्ण तथा दूरगामी सहमति भएको छ ।
नयाँ हवाई रुटहरूको उपलब्धता र हवाई प्रवेश विन्दुहरूको दायरा विस्तार गर्ने विषयमा दुई पक्षबीच सहमति जुटसँगै नेपाललाई हवाई यात्रामा थप सहजता हुने भएको हो । यसले नेपालको अन्तर्राष्ट्रिय उडान र हवाई सम्पर्कलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।
परराष्ट्र मन्त्रालयले निकालेको संयुक्त प्रेस विज्ञप्तिअनुसार भ्रमणका अवसरमा नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धका विविध आयामहरूमा विस्तृत समीक्षा भएको छ । विज्ञप्तिमा व्यापार, पारवहन, ऊर्जा सहकार्य र रेल तथा जलमार्गका पूर्वाधार विकासलाई थप गति दिने सहमति भएको उल्लेख छ ।
दुई देशबीच पारवहन सन्धिलाई थप समयसापेक्ष बनाउँदै नयाँ आन्तरिक तथा बाह्य व्यापारिक नाकाहरू र थप बन्दरगाहहरूको प्रयोगमा पहुँच विस्तार गर्ने विषयले समेत संयुक्त विज्ञप्तिमा उच्च प्राथमिकता पाएको छ । यसले नेपालको वैदेशिक व्यापार लागत घटाउन र आर्थिक गतिविधिलाई चलायमान बनाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीको यस उच्चस्तरीय भ्रमणले नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो सम्बन्धलाई आपसी हित, विश्वास र सहकार्यको नयाँ उचाइमा पुर्याएको छ ।

गौतमबुद्ध रङ्गशाला निर्माणलाई तीव्रता दिन मन्त्री लम्सालको निर्देशन
सरकारले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग ९एनपिएल० को चौथो संस्करणका खेल सञ्चालन गर्ने

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द हुँदैछ । पहिरो रोकथामको काम गर्न दैनिक पाँच

प्रचण्डको आरोप: वर्तमान सरकार नागरिकका अधिकार खोस्नेतर्फ उद्यत छ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले वर्तमान सरकार नागरिकले लामो सङ्घर्षबाट प्राप्त गरेका







प्रतिकृया दिनुहोस