प्रचण्डको आरोप: वर्तमान सरकार नागरिकका अधिकार खोस्नेतर्फ उद्यत छ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले वर्तमान सरकार नागरिकले लामो सङ्घर्षबाट प्राप्त गरेका अधिकार खोस्नेतर्फ उद्यत रहेको आरोप लगाउनुभएको छ ।
आज काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले विगतमा आफूहरू सरकार बनाउने र गिराउने खेलमा अल्झिँदा राष्ट्रिय स्वाधीनता र नागरिकको अधिकारविरुद्ध भइरहेका षड्यन्त्रतर्फ ध्यान दिन नसकेको स्वीकार गर्नुभयो । उहाँले शान्ति सम्झौता, गणतन्त्र र समावेशिता विरोधी शक्तिहरूले ग्राण्ड डिजाइनअन्तर्गत षड्यन्त्र गरिरहेको दाबी गर्दै राज्य संयन्त्र गम्भीर नभएको टिप्पणी गर्नुभयो ।ब
संयोजक प्रचण्डले भन्नुभयो, ‘अहिलेको सरकार मजदुर, किसान, सुकुम्वासी, कर्मचारी, विद्यार्थी र शिक्षकहरूलाई समेत आतङ्कित पार्ने र दमन गर्ने काममा लागेको छ। आन्दोलन र बलिदानबाट प्राप्त अधिकार खोस्नतिर यो सरकार उद्यत छ ।’ उहाँले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि अब दीर्घकालीन रूपमा संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।

गौतमबुद्ध रङ्गशाला निर्माणलाई तीव्रता दिन मन्त्री लम्सालको निर्देशन
सरकारले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग ९एनपिएल० को चौथो संस्करणका खेल सञ्चालन गर्ने

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द हुँदैछ । पहिरो रोकथामको काम गर्न दैनिक पाँच

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुहुने भएको छ । सुर्खेतमा रहेको कर्णाली प्रदेश रङ्गशालामा







प्रतिकृया दिनुहोस