भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ लाई मृत्यु घोषणा गर्न सिफारिस

काठमाण्डौ ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ व्यक्तिलाई मृत्यु भएको घोषणा गर्न सरकार समक्ष सिफारिस गरेको छ ।
गृहमन्त्री सुधन गुरूङको अध्यक्षतामा हिजो बसेको बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ स्वदेशी तथा १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी गरी कुल ३ हजार ९१५ जनालाई मृत्यु भएको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको हो ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा ९३० मा विपदमा परी बेपत्ता व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने प्रावधान छ ।
यसअघि, स्वदेशी व्यक्तिका हकमा सम्बन्धित पालिकाबाट भएको सिफारिसका आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित तथा विदेशी नागरिकको हकमा सम्बन्धित देशको नेपालमा रहेको नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीमाथि दाबी पेश गर्न दुई चरणमा प्राधिकरणले सात दिने सूचना प्रकाशन गरेको थियो ।
प्राधिकरणका अनुसार बाढीमा बेपत्ता भएका ५ हजार २८५ जनामध्ये अहिलेसम्म ३ हजार ९१५ जनाको मात्र विवरण यकिन भएको छ । अझै एक हजार ३७० जनाको विवरण आउन बाँकी छ । बेपत्ताको संख्या पूर्ण रूपमा यकिन नहुँदा पीडित परिवारले कानुनी रूपमा मृत्यु दर्ता, राहत र क्षतिपूर्ति पाउन सकेका छैनन् ।
एक हजार एक सय ४८ वटा शवलाई पहिचान खुल्ने गरी डीएनए नमुना संकलन गरेर जमिनमुनि व्यवस्थापन गरेकोमा अझै पनि डीएनए मिलानका आधारमा पहिचान गरेको छैन । गएको भदौ १० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा बाढी आउँदा जनधनको अकल्पनीय क्षति भएको थियो ।
सरकारले उद्धारको काम प्रभावकारी रुपमा गरेको र चाँडै पुनर्स्थापनाको काम गर्ने बताए पनि बाढीबाट विस्थापित बनेका हजारौं नागरिकहरू अहिले पनि पुनःस्थापनाको प्रतीक्षामा कष्टकर जीवन बिताउन बाध्य छन् ।

गौतमबुद्ध रङ्गशाला निर्माणलाई तीव्रता दिन मन्त्री लम्सालको निर्देशन
सरकारले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग ९एनपिएल० को चौथो संस्करणका खेल सञ्चालन गर्ने

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द हुँदैछ । पहिरो रोकथामको काम गर्न दैनिक पाँच

प्रचण्डको आरोप: वर्तमान सरकार नागरिकका अधिकार खोस्नेतर्फ उद्यत छ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले वर्तमान सरकार नागरिकले लामो सङ्घर्षबाट प्राप्त गरेका







प्रतिकृया दिनुहोस