उग्रतारा मन्दिरमा आज रतेडी र भोली जाँत हुँदै 

SITENAME

सुदूरआवाज
डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज रतेडी र भोली उग्रतारा मेला देहिजाँत मनाईन लागेको छ । देहिजाँतका लागि तयारी अन्तिम चरणमा रहेको अमरगढी नगरपालिका वडा नं ८ का अध्यक्ष नर वहादुर साँकीले वताए । मन्दिर परिषरमा सरसफाई तथा सृँगाार पटार लगाएत स्टलहरु समेत तयारी अवस्थामा रहेको साँकीले जानकारी दिए ।
डडेल्धुराको अमरगढी नगरपालिका ८ मा रहेको डाँडा माथिको समथर भूभागमा अवस्थीत उग्रतारामा प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन वर्षेनी लाग्ने गरेको छ ।
 मेलामा सुदूरपश्चिम लगाएत देश तथा भारतका विभिन्न क्षेत्रहरुवाट दर्शनार्थीहरु आउने गरेका छन । 


प्रदेशकै सवै भन्दा बढी श्रद्धालुहरुको आवत–जावत रहने मेलाका रुपमा परिचित उग्रतारा मेलालाई स्थानीयहरुले देहिजाँत पनि भन्ने गरेका छन ।
उग्रतारा क्षेत्रविकास समितिका अध्यक्ष तेज वहादुर साँकीले आज राती रतेडी हुने र रतेडीमा जिलोडा, छचोडा,खनमडा, र दुमडा गरि चार गाउँबाट गाउँवाट बाजागाजा सहित आउने चौलोविहानको झिसमिसे उज्यालोमा मन्दिरमा पुग्ने परम्परा रहेको र बिहानबाट दिउँसेडी अर्थात उग्रतारा मेला सुरु हुने जानकारी दिए ।


 सुदूरपश्चिम प्रदेशमै सवै भन्दा बढी श्रद्धालुहरुको आवत जावत गरिने उग्रतारा मेलामा मेला हेर्न कैलाली कञ्चनपुर सहित देश तथा भारतका विभिन्न स्थानवाट श्रद्धालु भक्तजनहरुले डडेल्धुरा सदरमुकाम भरि भराउँ हुन थालेको छ ।

नौं वटा देविहरु मध्ये बडिमालिका, मेलौली, निगंलाशैनी ,उग्रतारा देविलाई साक्षात्कार देविका रुपमा मानिदै आएको छ । ति मध्ये उग्रतारा देविलाई देविको उग्ररुपका रुपमा व्याख्या गरिंदै आएको छ । मेलामा स्थानीय कृषि उजप सामाग्रीको समेत राम्रो व्यापार व्यावशाय हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

 बैतडीको शिवनाथमा देगडा भगवती जात्राको अवसरमा  दुई दिन सार्वजनिक बिदा

सुदूरआवाज बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–४ स्थित देगडा भगवती मन्दिरमा यही मंसिर ७ र ८ गते जात्रा लाग्ने भएको छ ।  उक्त मन्दिरमा हरेक बर्ष

SITENAME

सुदूरपश्चिममा चौलोले प्रसिद्ध “बडाल जाँत” आज सम्पनन

सुदूरआवाज डडेल्धुरा । डडेल्धुरा लगाएत सुदूरपश्चिम प्रदेशमै चौलोले प्रसिद्धि कमाएको बडाल जाँत आज सम्पन्न भएको छ ।  जिल्लाको गन्यापधुरा

SITENAME

सुदूरपश्चिममा चौलोले प्रसिद्ध “बडाल जाँत” भोली पालिकाले दियो सार्वजनिक विदा

सुदूरआवाज डडेल्धुरा । डडेल्धुरा लगाएत सुदूरपश्चिम प्रदेशमै चौलोले प्रसिद्धि कमाएको बडाल जाँत भोली बिहिबार  सम्पन्न हुन लागेको छ । आज रतेडी र भोली

↑