सुदूरपश्चिममा चौलोले प्रसिद्ध “बडाल जाँत” भोली पालिकाले दियो सार्वजनिक विदा
-(1).jpeg)
सुदूरआवाज
डडेल्धुरा । डडेल्धुरा लगाएत सुदूरपश्चिम प्रदेशमै चौलोले प्रसिद्धि कमाएको बडाल जाँत भोली बिहिबार सम्पन्न हुन लागेको छ । आज रतेडी र भोली दिउँसेडी जाँत मनाईने गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष मनोज बहादुर देउवाले जानकारी दिए ।
जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं २ मा अवस्थित बडाल जाँत हरेक बर्ष कार्तिक शुक्ल दशमीमा रतेडी र अर्को दिन जाँत हुने गरेको छ ।
लाटा गन्याप देवताको भक्ति स्वरुप मनाईने चौलोले प्रख्यात बडाल जाँतमा बाजागाजा, भोक्कर, देवलका भाला, गुर्जा, खुकुरी र तरवार हातहातमा समातेर खेलिने गरिन्छ । माली गाउँबाट मुल देउरो आउने र यसबाहेक देउवाहरुको एउटा देउरो आउने, रमाईल, लाटा भूमीदेउली, बडाल, सुतारी गाउँबाट आउने देउरोहरु दिउँसेडीको बिहान १ बजेदेखी २ बजे सम्म मन्दिरमा पुग्ने गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष देउवाले वताए ।
सुदूरपश्चिममा बैतडीको देहिमाण्डौ दाईन दमाहाले प्रसिद्ध मानिन्छ भने बडाल चौलो र भोक्करले प्रसिद्ध जाँतका रुपमा मानिँदै आएको स्थानीय संस्कृतिका जानकारहरु वताउँछन । वडा अध्यक्ष देउवाका अनुसार “बडालजाँत हेर्न देश तथा भारतका केही ठाउँहरु र सुदूरपश्चिमका अधिकाँस ठाउँहरुबाट दर्शनार्थीहरु आउने गरेका छन । ”
मेलामा स्थानीय कृषि उपज बस्तुहरुको राम्रो ब्यापार हुने गरेको स्थानीयहरु बताउँछन ।
जाँतको अवसरमा गन्यापधुरा गाउँपालिकाले भोली गाउँपालिकाको कार्यालय,वडा कार्यालय,स्वास्थ्य तथा शैक्षिक संस्थामा विदा दिएको प्रमुख प्रशासकीय अधिकृत राज वहादुर सार्कीद्धारा जारि सुचनामा उल्लेख छ ।

उग्रतारा मन्दिरमा आज रतेडी र भोली जाँत हुँदै
सुदूरआवाज डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज रतेडी र भोली उग्रतारा मेला देहिजाँत मनाईन लागेको छ । देहिजाँतका लागि तयारी

बैतडीको शिवनाथमा देगडा भगवती जात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा
सुदूरआवाज बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–४ स्थित देगडा भगवती मन्दिरमा यही मंसिर ७ र ८ गते जात्रा लाग्ने भएको छ । उक्त मन्दिरमा हरेक बर्ष

सुदूरपश्चिममा चौलोले प्रसिद्ध “बडाल जाँत” आज सम्पनन
सुदूरआवाज डडेल्धुरा । डडेल्धुरा लगाएत सुदूरपश्चिम प्रदेशमै चौलोले प्रसिद्धि कमाएको बडाल जाँत आज सम्पन्न भएको छ । जिल्लाको गन्यापधुरा







प्रतिकृया दिनुहोस