बैतडीको शिवनाथमा देगडा भगवती जात्राको अवसरमा  दुई दिन सार्वजनिक बिदा

SITENAME


सुदूरआवाज
बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–४ स्थित देगडा भगवती मन्दिरमा यही मंसिर ७ र ८ गते जात्रा लाग्ने भएको छ । 

उक्त मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गरेको छ । देगडा भगवतीको जात्रामा पशु बलि दिने चलन समेत रही आएको छ । 

देगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा शिवनाथ गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । देगडा भगवती मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै मंसिर ७ र ८ गते गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । 

मंसिर ३ गतेको अध्यक्षस्तरको निर्णय अनुसार मंसिर ७ र ८ गते गाउँपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

यसअघि गाउँपालिकाले शिवनाथ धाममा लागेको जात्राको अवसरमा पनि दुई दिन सार्वजनिक बिदा दिएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

उग्रतारा मन्दिरमा आज रतेडी र भोली जाँत हुँदै 

सुदूरआवाज डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज रतेडी र भोली उग्रतारा मेला देहिजाँत मनाईन लागेको छ । देहिजाँतका लागि तयारी

SITENAME

सुदूरपश्चिममा चौलोले प्रसिद्ध “बडाल जाँत” आज सम्पनन

सुदूरआवाज डडेल्धुरा । डडेल्धुरा लगाएत सुदूरपश्चिम प्रदेशमै चौलोले प्रसिद्धि कमाएको बडाल जाँत आज सम्पन्न भएको छ ।  जिल्लाको गन्यापधुरा

SITENAME

सुदूरपश्चिममा चौलोले प्रसिद्ध “बडाल जाँत” भोली पालिकाले दियो सार्वजनिक विदा

सुदूरआवाज डडेल्धुरा । डडेल्धुरा लगाएत सुदूरपश्चिम प्रदेशमै चौलोले प्रसिद्धि कमाएको बडाल जाँत भोली बिहिबार  सम्पन्न हुन लागेको छ । आज रतेडी र भोली

↑