सुदूरपश्चिममा चौलोले प्रसिद्ध “बडाल जाँत” आज सम्पनन

SITENAME


सुदूरआवाज
डडेल्धुरा । डडेल्धुरा लगाएत सुदूरपश्चिम प्रदेशमै चौलोले प्रसिद्धि कमाएको बडाल जाँत आज सम्पन्न भएको छ । 
जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं २ मा अवस्थित बडाल जाँत हरेक बर्ष कार्तिक  शुक्ल दशमीमा रतेडी र अर्को दिन जाँत हुने परम्परा अनुसार आज बडाल जाँत सम्पन्न भएको हो ।
लाटा गन्याप देवताको भक्ति स्वरुप मनाईने चौलोले प्रख्यात बडाल जाँतमा बाजागाजा, भोक्कर, देवलका भाला, गुर्जा, खुकुरी र तरवार हातहातमा समातेर खेलिने गरिन्छ । माली गाउँबाट मुल देउरो आउने र यसबाहेक देउवाहरुको एउटा देउरो आउने, रमाईल, लाटा भूमीदेउली,  बडाल, सुतारी गाउँबाट आउने देउरोहरु दिउँसेडीको बिहान १ बजेदेखी २ बजे सम्म मन्दिरमा पुग्ने गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष देउवाले वताए ।
 सुदूरपश्चिममा बैतडीको देहिमाण्डौ दाईन दमाहाले प्रसिद्ध मानिन्छ भने बडाल चौलो र भोक्करले प्रसिद्ध जाँतका रुपमा मानिँदै आएको स्थानीय संस्कृतिका जानकारहरु वताउँछन । वडा अध्यक्ष देउवाका अनुसार  “बडालजाँत हेर्न देश तथा भारतका केही ठाउँहरु र सुदूरपश्चिमका अधिकाँस ठाउँहरुबाट दर्शनार्थीहरु आउने गरेका छन । ”
मेलामा स्थानीय कृषि उपज बस्तुहरुको राम्रो ब्यापार हुने गरेको स्थानीयहरु बताउँछन । 


 

प्रतिकृया दिनुहोस
SITENAME

उग्रतारा मन्दिरमा आज रतेडी र भोली जाँत हुँदै 

सुदूरआवाज डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज रतेडी र भोली उग्रतारा मेला देहिजाँत मनाईन लागेको छ । देहिजाँतका लागि तयारी

SITENAME

 बैतडीको शिवनाथमा देगडा भगवती जात्राको अवसरमा  दुई दिन सार्वजनिक बिदा

सुदूरआवाज बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–४ स्थित देगडा भगवती मन्दिरमा यही मंसिर ७ र ८ गते जात्रा लाग्ने भएको छ ।  उक्त मन्दिरमा हरेक बर्ष

SITENAME

सुदूरपश्चिममा चौलोले प्रसिद्ध “बडाल जाँत” भोली पालिकाले दियो सार्वजनिक विदा

सुदूरआवाज डडेल्धुरा । डडेल्धुरा लगाएत सुदूरपश्चिम प्रदेशमै चौलोले प्रसिद्धि कमाएको बडाल जाँत भोली बिहिबार  सम्पन्न हुन लागेको छ । आज रतेडी र भोली

↑