यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

काठमाडौं । यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
आक्रमणमा परी मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षागार्डहरु पनि छन् । यो जानकारी यमनका स्वास्थ्य मन्त्रीले दिएको अलजजिराले जनाएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।
रोयटर्सका अनुसार आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरु राष्ट्रपति भवन परिसरमा थिए । यद्यपि, सरकारका उच्च अधिकारीहरू भने सकुशल रहेको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार राष्ट्रपति भवन परिसर आसपास कम्तीमा पाँचवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए । आक्रमणपछि परिसरमाथि धुवाँको ठूलो मुस्लो देखिएको थियो । प्रारम्भिक विवरणअनुसार परिसरमा कम्तीमा पाँचवटा मिसाइल प्रहार भएका थिए ।
हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिँदै अदनमा रहेको साउदी अरबको सैन्य अभियान मुख्यालयलाई निशाना बनाएको दाबी गरेका छन् ।
हुथी सैन्य प्रवक्ता याह्या सरीले साउदी अरबको सैन्य उपस्थितिलाई लक्षित गर्ने आफ्नो घोषित नीतिअनुसार आक्रमण गरिएको बताएका छन् । उनका अनुसार साउदी सेनाको सैन्य गतिविधि र जमघट देखिएका स्थानलाई निशाना बनाइनेछ ।

चीनतर्फको ठूलो ताल फुट्यो, तिब्बतमा जारी उद्धार अभियान पनि स्थगित , नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन रसुवा प्रशासनको सर्कुलर
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको जनाएको छ। प्रशासनले चिनियाँ

कोलम्बिया भूकम्पमा परि १३२ जनाको मृत्यु
काठमाडौं । कोलम्बियामा ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले

भारतको झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु, बाढी र पहिरोले जनजीवन प्रभावित
काठमाडौं । भारतका जम्मु–कश्मीर, केरल र झारखण्डमा भारी वर्षा, बाढीपहिरो र चट्याङका घटनाले जनधनको क्षति बढेको छ । झारखण्डमा मंगलबार चट्याङ लागेर





प्रतिकृया दिनुहोस