साइबर सुरक्षा जोखिमपछि बैंक तथा सरकारी निकायका वेबसाइट बन्द

SITENAME

 

काठमाडौँ । बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायत विभिन्न सरकारी निकायका वेबसाइट बन्द भएका छन्। वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा सुरक्षा जोखिम देखिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि वेबसाइट अस्थायी रूपमा बन्द गरिएको हो। पीएचपी प्रयोग गरिएका बैंक तथा वित्तीय संस्था र सरकारी निकायका वेबसाइट बन्द गरिएका हुन्। वेबसाइट बन्द गरिए पनि ग्राहकको सूचना वा आर्थिक कारोबारमा कुनै हानि–नोक्सानी नभएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन्।

साइबर सुरक्षामा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासहित भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंकले आज सूचना जारी गर्दै सम्भावित साइबर आक्रमणबाट बच्न वेबसाइट अस्थायी रूपमा बन्द गर्न र सुरक्षा प्रणाली अद्यावधिक गर्न आग्रह गरेको हो।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले पनि पीएचपीमा समस्या देखिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि वेबसाइट बन्द गरिएको बताए। ‘इन्टरनेटमा वेबसाइट र अनलाइन सेवा सञ्चालन गर्न व्यापक रूपमा प्रयोग हुने सर्भर(साइड प्रोग्रामिङ ल्यांगवेज पीएचपी हो। यसमा गम्भीर सुरक्षा कमजोरी भेटिएका छन् । यसलाई सरल भाषामा बुझ्दा, वेबसाइटको पर्दापछाडि काम गर्ने प्रणालीमै कमजोरी भेटिएको हो,’ उनले भने। 

उनका अनुसार सुरक्षा अनुसन्धानकर्ताहरूले एआई मोडेलहरूको सहयोगमा पीएचपीको कोड परीक्षण तथा विश्लेषण गर्दा कमजोरी भेटिएको हो।

‘पीएचपी प्रविधिमा देखिएको जोखिमलाई मध्यनजर गर्दै बैंकको वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरिएको हो,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ। यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणलाई असुविधा हुन सक्ने सूचनामा जनाइएको छ।

राष्ट्र बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत आवश्यक सूचना लिन आग्रह गर्दै जोखिम न्यूनीकरणका लागि सुरक्षा सतर्कता अपनाउन, प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित संस्थालाई निर्देशन दिएको छ।

पीएचपीमा देखिएका कमजोरीका कारण प्रभावित सर्भरमा अनधिकृत पहुँचको जोखिम हुन्छ। अमेरिकी राष्ट्रिय सुरक्षा निकाय ९एनएसए० ले पनि अक्टोबर २१ मा जारी सूचनामा प्रभावित प्रणालीमा तत्काल सुरक्षा उपाय अपनाउन भनेको छ। त्यसो गर्न नसक्ने अवस्थामा जोखिमयुक्त सेवा अस्थायी रूपमा अफलाइन राख्न सुझाव दिएको छ। सोही सुझावका आधारमा बैंक तथा वित्तीय संस्था र अन्य निकायले वेबसाइट बन्द गरेका हुन्।

प्रतिकृया दिनुहोस
SITENAME

आज कोजाग्रत पूर्णिमा  दसैं बिदाइ, लक्ष्मीको स्वागत

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी

SITENAME

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

  काठमाण्डौ । म्याग्दीमा चिसो बढेसँगै पशुपालकहरुले पशुगोठ बेँसीतर्फ झार्न थालेका छन् । हिमाली क्षेत्रको बुकीमा लगिएका गाईभैँसी र भेँडाबाख्राका

SITENAME

जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत

  काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन

↑