कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने भएको छ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
राति तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आज कोजाग्रत पूर्णिमा दसैं बिदाइ, लक्ष्मीको स्वागत
काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
काठमाण्डौ । म्याग्दीमा चिसो बढेसँगै पशुपालकहरुले पशुगोठ बेँसीतर्फ झार्न थालेका छन् । हिमाली क्षेत्रको बुकीमा लगिएका गाईभैँसी र भेँडाबाख्राका

जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन





प्रतिकृया दिनुहोस