कांग्रेस महाधिवेशन  सुदूरपश्चिमा पदाधिकारी जित्ने स्नेही मात्रै

SITENAME

 

सुदूरपश्चिम । नेपाली काँग्रेसको १५औं केन्द्रिय महाधिवेशन सम्पन्न भएको छ । प्राप्त अन्तिम मतपरिणाम अनुसार पदाधिकारी तर्फ भने एकजना मात्र प्रकाश रसाईली स्नेही निर्वाचित भएका छन ।


सहमहामन्त्री ९दलिततर्फ० मा उम्मेदवारी दिएका स्नेही लोकप्रिय मतसहित विजयी भएका हुन्। उक्त पदमा खसेको सदर मतमध्ये उनले ४ हजार ८ सय २१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १ सय २१ र नरेन्द्र पासवानले ७ सय ९६ मत पाए।

त्यसमा स्नेहीले प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै सहमहामन्त्रीको जिम्मेवारी दोहो¥याएका हुन्। बझाङका स्नेही गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री चयन भएका थिए। सुदूरपश्चिमबाट यसपटक पदाधिकारीका अन्य आकांक्षीले भने सफलता हात पार्न सकेनन्। महामन्त्रीमा उम्मेदवारी दिएका नैनसिंह महर र सहमहामन्त्रीका उम्मेदवार जनक गिरी पराजित भए।

उनीहरूको पराजयसँगै प्रदेशबाट पदाधिकारीमा प्रतिनिधित्व गर्ने अवसर स्नेहीमा मात्रै सीमित भएको हो। कांग्रेसको नेतृत्वमा लामो समय प्रभाव जमाएको सुदूरपश्चिम यसपटक एक पदाधिकारीमा सीमित भएको हो। 
डडेल्धुराका शेरबहादुर देउवाले एक दशक पार्टी सभापतिको नेतृत्व गरेका थिए। देउवा पक्ष भने छुट्टै महाधिवेशनको तयारीमा रहेको छ।

प्रतिकृया दिनुहोस
SITENAME

दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते

 धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष

SITENAME

कैलालीमा मोबाइल र मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

धनगढी । कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित

SITENAME

बैतडीमा भूकम्पको धक्का

 काठमाडौं । बैतडीमा भूकम्प गएको छ । अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो । दिउँसो एक बजेर ६ मिनेट जाँदा ४।२ म्याग्नेच्युडको भूकम्प गएको

↑