कैलालीमा साढे २ लाखको अवैध कपडासहित तीन जना पक्राउ

धनगढी । कैलालीमा भन्सार छली गरी भारतबाट ल्याइएका करिब २ लाख ४७ हजार रुपैयाँ मूल्यका कपडासहित तीन जना पक्राउ परेका छन् ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियाँ चोकस्थित भजनी जाने सडकखण्डमा शंकास्पद रूपमा जाँच गर्ने क्रममा प्रहरीले कपडासहित अटो र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार जानकी गाउँपालिका–५ बस्ने ३५ वर्षीय विपत राम चौधरीले चलाएको सुपप्र ००१ ह ४२५३ नम्बरको अटोमा भारतबाट भन्सार छली गरी ल्याइएका साना–ठूला सर्ट फेला परेका थिए ।
बरामद कपडाको अनुमानित मूल्य २ लाख ४७ हजार १७५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । अटो चालक चौधरीसहित अटोमा सवार टीकापुर नगरपालिका–१ का ३८ वर्षीय रामबहादुर टमाटा र ४९ वर्षीय प्रकाश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सडकपुर, बौनियाँबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरेपछि थप कारबाहीका लागि सत्ती भन्सार कार्यालय, कैलालीमा पठाएको जनाएको छ ।

दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते
धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष

कैलालीमा मोबाइल र मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ
धनगढी । कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित

बैतडीमा भूकम्पको धक्का
काठमाडौं । बैतडीमा भूकम्प गएको छ । अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो । दिउँसो एक बजेर ६ मिनेट जाँदा ४।२ म्याग्नेच्युडको भूकम्प गएको





प्रतिकृया दिनुहोस