चीनतर्फको ठूलो ताल फुट्यो, तिब्बतमा जारी उद्धार अभियान पनि स्थगित , नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन रसुवा प्रशासनको सर्कुलर

SITENAME


काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको जनाएको छ।

प्रशासनले चिनियाँ पक्षबाट उक्त ताल फुटेको सूचना आएको ज‍ानकारी गराएको हो । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर गरिएको छ। छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ ।

यी नदीहरू चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने र नेपाल प्रवेश गरेपछि त्रिशूली नदीका मुख्य स्रोतरशाखा बन्ने गर्छन् । तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशीरत्रिशूली नदी प्रणालीमा गाभिन्छन् ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो । तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको थियो । सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर राखेर चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको थियो ।

पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले समेत तिब्बतमा जारी उद्धार अभियानलाई स्थगित गरिएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

कोलम्बिया भूकम्पमा परि  १३२ जनाको मृत्यु

काठमाडौं । कोलम्बियामा ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले

SITENAME

भारतको झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु, बाढी र पहिरोले जनजीवन प्रभावित

  काठमाडौं । भारतका जम्मु–कश्मीर, केरल र झारखण्डमा भारी वर्षा, बाढीपहिरो र चट्याङका घटनाले जनधनको क्षति बढेको छ । झारखण्डमा मंगलबार चट्याङ लागेर

SITENAME

आज स्पेसएक्सको रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदै

   काठमाडौं । स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा ठोक्किने भएको छ । गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा