कैलालीमा मोबाइल र मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

धनगढी । कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले टीकापुर क्षेत्रमा विभिन्न व्यक्तिका मोबाइल चोरीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ एकतानगर बस्ने २४ वर्षीय अमित तिमिल्सिना र धिरेन्द्र शाही रहेको तिमिल्सिनाले बताए ।
उनीहरूको साथबाट विभिन्न कम्पनीका ५ थान मोबाइल बरामद गरिएको छ ।
यस्तै, टीकापुरमै मोटरसाइकल चोरी गरेको आरोपमा थप तीन जनालाई पक्राउ गरिएको छ ।
टीकापुर नगरपालिका–१ एकतानगर बस्ने धनबहादुर साउँदको घरअगाडि पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल ९ग्प्०६–द्यन् २९६८० चोरी भएको थियो ।
खोजतलासका क्रममा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ नयाँ टीकापुर बस्ने २० वर्षीय आकाश बिष्ट, एकतानगर बस्ने २४ वर्षीय भिम बराल र २४ वर्षीय नरेश रावल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले मोटरसाइकल चोरी गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला पारिएको हो ।
पक्राउ परेका व्यक्तिहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते
धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष

बैतडीमा भूकम्पको धक्का
काठमाडौं । बैतडीमा भूकम्प गएको छ । अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो । दिउँसो एक बजेर ६ मिनेट जाँदा ४।२ म्याग्नेच्युडको भूकम्प गएको
.jpeg)
भोली छ दसैको दिन काटुकटालैको सेरो ः सेतीबस दुर्घटनालाई सम्झाउने त्यो गीत
सुदूरआवाज डडेल्धुरा । गीत संगीत सुख दुख मिलन बिछोड जीवनका बिभिन्न भोगाइका बिषयमा गाइन्छन र सुनिन्छन । सुदूरपश्चिमको देउडा संगीतमा फरक्कै पहिचान





प्रतिकृया दिनुहोस