म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

काठमाण्डौ । म्याग्दीमा चिसो बढेसँगै पशुपालकहरुले पशुगोठ बेँसीतर्फ झार्न थालेका छन् ।
हिमाली क्षेत्रको बुकीमा लगिएका गाईभैँसी र भेँडाबाख्राका गोठ चिसो बढ्न थालेसँगै किसानहरूले गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् ।
धौलागिरि गाउँपालिका–१ गुर्जाका किसान हर्कवीर विकका अनुसार बर्खायामका तीन महिना उच्च हिमाली चरन क्षेत्रमा पशु चौपाया चराएपछि अहिले गाउँ नजिकै गोठ ल्याइएको छ ।
पोषिलो घाँस खाएर सप्रिएका पशुचौपाया र बन्दोबस्तीका सामानसहित गोठालाहरू गाउँ फर्किएपछि स्थानीय बस्तीहरूमा चहलपहल बढेको छ । धौलागिरि, अन्नपूर्ण र ढोरपाटन शिकार आरक्ष आसपासका किसानहरूले परम्परागत घुम्ती गोठ प्रणालीबाट पशुपालन गर्दै आएका छन् ।
यसरी खेतबारीमा गोठ राख्दा जमिन मलिलो हुने गर्दछ । तर, पछिल्लो समय युवा पुस्ताको बेवास्ता र वैदेशिक रोजगारीका कारण यो परम्परागत पशुपालन पेसा भने सङ्कटमा पर्न थालेको छ ।

आज कोजाग्रत पूर्णिमा दसैं बिदाइ, लक्ष्मीको स्वागत
काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी

जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन

साइबर सुरक्षा जोखिमपछि बैंक तथा सरकारी निकायका वेबसाइट बन्द
काठमाडौँ । बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायत विभिन्न सरकारी निकायका वेबसाइट बन्द भएका छन्। वेबसाइट सञ्चालनमा





प्रतिकृया दिनुहोस