रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गर्नुभएको छ ।
सभापति लामिछानेले स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम ९नीम करौली बाबा० को दर्शन गर्ने कार्यक्रम रहेको छ ।
तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पूजार्चना गर्ने कार्यक्रम रहेको रास्वपाका सचिवालय सदस्य एवम् सांसद दीपकराज बोहराले जानकारी दिनुभयो ।
सभापति रविसँगै उहाँकी पत्नी निकिता पौडेल, प्रतिनिधिसभा सदस्य बोहरा भ्रमण टोलीमा हुनुहुन्छ । टोलीलाई गड्डाचौकीमा रहेको नेपाल–भारत सीमाबाट भारतीय सुरक्षाकर्मीले सुरक्षा दिएको छ ।
धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले असाध्यै व्यक्तिगत भ्रमणका क्रममा भारत जान लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलेदेखि नै जाउँला भन्ने थियो । यो धार्मिक भ्रमण हो । कुनै राजनीतिक भेटघाट छैन । कारागारमा हुँदा गरेको भाकल पूरा गर्न जाँदैछु । मेरो भ्रमणका नाममा कसैलाई पनि खिचडी नपकाउन आग्रह गर्दछु ।’
रासस

आज कोजाग्रत पूर्णिमा दसैं बिदाइ, लक्ष्मीको स्वागत
काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
काठमाण्डौ । म्याग्दीमा चिसो बढेसँगै पशुपालकहरुले पशुगोठ बेँसीतर्फ झार्न थालेका छन् । हिमाली क्षेत्रको बुकीमा लगिएका गाईभैँसी र भेँडाबाख्राका

जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन





प्रतिकृया दिनुहोस