भोली छ दसैको दिन काटुकटालैको सेरो ः सेतीबस दुर्घटनालाई सम्झाउने त्यो गीत
.jpeg)
सुदूरआवाज
डडेल्धुरा । गीत संगीत सुख दुख मिलन बिछोड जीवनका बिभिन्न भोगाइका बिषयमा गाइन्छन र सुनिन्छन । सुदूरपश्चिमको देउडा संगीतमा फरक्कै पहिचान दिन सफल बनेको सेतीबस दुर्घटना २०५२ नामक एल्वममा रहेको भोली छ दसैंको दिन काटुकटालैको सेरो बोलको गीत बने सुदूरपश्चिीमेलीहरुले अहिले सम्म पनि बिर्सन सकेका छैनन ।
डडेल्धुराको अमरगढी –६ दुमडामा जन्मीनु भएका गायक तथा बरिष्ट देउडा गायक भोजराज भट्टको सृजनमा गायीका सरिता भट्ट र मीना प्रसाईको आवाजमा योगीत गाइएको छ । त्यतीबेला झरना रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतमा निर्मल कुमार भण्डारी र चेतबहादुर ताम्राकारले शब्द सृजना गरेका थिए ।
सेतीवस दुर्घटनाका ३१ बर्ष पुरा भईसकेको छ । हालको दीपायल बजार पारगरि सकेपछि आउने पुलवाट बस नदीमा खसेको थियो ।
बस नदीमा खस्दा हजारौ सपनाहरु नदीमा खसेका थिए । परदेशी आउनेवाटो हरु कुरीरहेका श्रीमतीको सिंउदो पुछियो,बालबालीकाहरु टुहुरा भए ।
। गायक भट्ट धेरै पुरानो समयको घटना भएकाले त्यो बस दुर्घटनामा कति जनाको मृत्यु भयो त्योत थाहा नभएको बताउनु हुन्छ । तर चाडबाडको बेला बस यात्रुले खचाखच भरिएको प्रत्यक्षी दर्शी हरुले बताएको प्रतिक्रया दिनुभयो । उक्त घटनामा डोटी समेत अछाम, बाजुराका स्थानीयहरु रहेका छन ।
सेतीबस दुर्घटनामा आधारित देउडामा रहेका गीतहरु भने निकै मर्माहित रहेका देउडा पारखीहरु बताउछन ।
भोली छ दसैको दिन काटि ल्याउन जौरा
सेतीको भल खान लागि बिए पढ्ने छोरा ।
बालीबैश जन झडौ डालीबोट पात ।
ति आमा बेहोस भईन खवर पाउना साथ ।।
दश महिना गर्वमा बोक्या दुईसाल दुध दिया
हडतेल घसिदिया पसिना पुछदीया ।।
उक्त दुर्घटना पछि कतिपय परिवारकै मान्छे संग भेटभयो र उहाँहरुले गीत सुनेर मन थामिरहेको पनि बेलाबेलामा प्रतिक्रया दिएको समेत गायक भट्टले बताउनु भयो ।
सुदूरपश्चिममा सेतीबस दुर्घटना पछि कैयन पटक यस्ता घटनाहरु घटिनै रहेका हुन्छन । खासगरी चाडवाडको मुखमा सेतीमै २ पटक बसदुर्घटना भईसकेको छ भने दसैकै मुखमा डोटीको जोरायल र उग्रतारा मेलामा डडेल्धुराकै अमरगढी ११ मा भएको बस दुर्घटनाले धेरैको अकालमै ज्यान लिएको छ ।
चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउनु , क्षमता भन्दा बढी यात्रु बोक्नु, चाडबाडको नाममा चेकिङ न गरिनु जस्ता कारण सवारी दुर्घटना हुने गरेको स्थानीय संकर जोशी बताउनु हुन्छ ।
जोशी सेतीबस दुर्घटनामा गाइएका गीतमा रोदनमात्र नभई यसवाट असल पाठ सिक्नेहरुका लागि पनि ज्ञानबद्धक भएको बताउनु हुन्छ ।

दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते
धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष

कैलालीमा मोबाइल र मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ
धनगढी । कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित

बैतडीमा भूकम्पको धक्का
काठमाडौं । बैतडीमा भूकम्प गएको छ । अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो । दिउँसो एक बजेर ६ मिनेट जाँदा ४।२ म्याग्नेच्युडको भूकम्प गएको





प्रतिकृया दिनुहोस