रातो माटो र कमेरोले घर पोत्ने चलन हराउँदै

धनकुटा । दशैं लागेसँगै कुनै समय धनकुटाका गाउँबस्तीमा रातो माटो र कमेरो खोज्ने चटारो हुन्थ्यो । घरका भित्ता रातो माटोले पोत्ने, कमेरोले सेतो बनाउने र काठका झ्यालढोकामा खोटो लगाउने चलन दशैंको तयारीकै अभिन्न हिस्सा थियो ।
परिवारका सदस्य मिलेर घर लिपपोत गर्थे । तर, अहिले गाउँघरमै पनि यो दृश्य विरलै देखिन थालेको छ । यसको सट्टा घरमा विभिन्न आधुनिक रङ प्रयोग गर्ने चलन बढेको छ ।
सिमेन्ट र आधुनिक निर्माण सामग्रीको प्रयोग बढ्नुका साथै घरको बनावट र मानिसको जीवनशैलीमा आएको परिवर्तनले पुस्तौँदेखि चल्दै आएको यो मौलिक परम्परा हराउँदै गएको हो ।
धनकुटा नगरपालिका–२ का हरिबहादुर बस्नेतलाई केही वर्षअघिसम्म दशैं आउन लाग्दा घर पोत्ने माटो लिन जानेहरूको चहलपहल अझै सम्झना छ । चिम्टिया र रातो माटो पाइने ठाउँमा सर्वसाधारणको भीड लाग्ने गरेको उनी बताउँछन् ।
‘पहिले दशैं आउनुअघि घर पोत्ने माटो खोज्न जाने चलन थियो । माटोले लिपपोत गरेपछि घर सफा र चिटिक्क देखिन्थ्यो,’ बस्नेत भन्छन्, ‘अहिले सिमेन्टका घर बढेका छन् । घरमा विभिन्न रङ लगाउने चलन बढेसँगै माटोले पोत्ने चलन पनि हराउँदै गएको छ ।’
पहिले दशैंको तयारी गर्दा घरआँगन सफा गर्ने, भित्ता पोत्ने र झ्यालढोका सजाउने काममा परिवारका सदस्य जुट्थे । कतिपय ठाउँमा छिमेकी र आफन्तले समेत एकअर्काको घर लिपपोत गर्न सघाउँथे । घरलाई नयाँ रूप दिने यो अभ्यास चाडपर्वको उल्लाससँगै सामूहिक सहयोग र आत्मीयताको माध्यम पनि थियो ।
अहिले बजारमा विभिन्न प्रकारका रङ सहजै उपलब्ध छन् । सिमेन्ट, इँटा र अन्य आधुनिक सामग्री प्रयोग गरेर पक्की घर बनाउने क्रम बढेको छ । यस्ता घरमा आधुनिक रङ लगाउने चलन बढेपछि स्थानीयस्तरमै पाइने रातो माटो र कमेरोको प्रयोग घट्दै गएको छ ।

आज कोजाग्रत पूर्णिमा दसैं बिदाइ, लक्ष्मीको स्वागत
काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
काठमाण्डौ । म्याग्दीमा चिसो बढेसँगै पशुपालकहरुले पशुगोठ बेँसीतर्फ झार्न थालेका छन् । हिमाली क्षेत्रको बुकीमा लगिएका गाईभैँसी र भेँडाबाख्राका

जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन





प्रतिकृया दिनुहोस