लिग–२ शृङ्खला : ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जीत

SITENAME

 

 आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।

आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले हरायो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमानले ४० ओभरमा १५० रन बनाउँदा सबै विकेट गुमायो ।

ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए । ४१ रन बनाउँदा ६ विकेट गुमाएको अवस्थामा ओमानका शुक्ला र जे ओडेद्राले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गरे । नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान ३र३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १र१ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनायो ।

नेपालका रोहित पौडेलले ६१, करण केसीले १६ बलमा ४० रन बनाए । यस्तै अर्जुन कुमालले ४० तथा ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन जोडे । ओमानका शाह फैसल, शकील अहमद तथा करण सोनावालेले समान २र२ विकेट लिए ।

यो शृङ्खलाको पहिलो खेलमा नेपालले अस्ति आइतवार क्यानडालाई २४ रनले हराएको थियो ।

योसँगै नेपाल लिग–२ मा ३४ खेलबाट २८ अङ्कसहित छैटौँ स्थानमा छ । यस्तै ओमान ३० खेलबाट ३३ अङ्कसहित चौथो र क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौँ स्थानमा छ ।

लिग–२ मा शीर्ष–४ बाट बाहिरिइसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ भित्र पर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस
SITENAME

महिला फुटबल खेलाडी चाँडै अवकाश लिन बाध्य हुँदै स् फिफप्रो प्रतिवेदन

  महिला फुटबल अर्बौँ डलरको उद्योग बन्ने दिशामा अघि बढिरहे पनि धेरै व्यावसायिक खेलाडीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक

SITENAME

रोहित पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई हरायो

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ । ओमानको अल अमिरातमा हिजो टस हारेर

SITENAME

श्रीलंकाका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक

  एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि

↑