महिला फुटबल खेलाडी चाँडै अवकाश लिन बाध्य हुँदै स् फिफप्रो प्रतिवेदन

महिला फुटबल अर्बौँ डलरको उद्योग बन्ने दिशामा अघि बढिरहे पनि धेरै व्यावसायिक खेलाडीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक भएको छ ।
खेलाडीहरूको सङ्घ ‘फिफप्रो’ ले ८०० जनाभन्दा धेरै फुटबल खेलाडीमाझ गरेको विश्वव्यापी संरक्षणको नतिजाले यो खुलासा गरेको बीबीसीले जनाएको छ ।
सर्वेक्षणमा सहभागी झन्डै ४९ प्रतिशत खेलाडीले आफूहरू योजनाभन्दा अगाडि नै फुटबलबाट बिदा लिनेबारे सोचिरहेको बताएका छन् । तीमध्ये ५९ प्रतिशतले आर्थिक कारण र ४६ प्रतिशतले मानसिक तनावलाई यसको कारणका रूपमा उल्लेख गरे ।
‘फिफप्रो’ मा महिला फुटबल प्रमुख एलेक्स कल्भिनले बढ्दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाडीहरू दबावमा रहेका बताइन् ।
महिला खेलकुदको विश्वव्यापी आम्दानी सन् २०२४ मा झन्डै ५८१ मिलियन अमेरिकी डलरबाट बढेर सन् २०२७ सम्ममा १ अर्ब डलरभन्दा धेरै पुग्ने अनुमान छ ।

लिग–२ शृङ्खला : ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जीत
आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । आज भएको खेलमा नेपालले

रोहित पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई हरायो
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ । ओमानको अल अमिरातमा हिजो टस हारेर

श्रीलंकाका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक
एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि





प्रतिकृया दिनुहोस