रोहित पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई हरायो

SITENAME


आईसीसी क्रिकेट विश्वकप लिग–२ मा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ ।

ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमै समेटियो ।

रोहितले १०१ रनको योगदान दिए । यो सँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । रोहितले १२५ बलमा आठ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो ।

यसअघि उहाँले त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी र दुबईमा संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक बनाएका थिए । नेपालले शुरुवाती तीन विकेट छिट्टै गुमाएपछि रोहितले बसिर अहमदसँग चौथो विकेटका लागि ७७ रनको साझेदारी गरे । बसिरले ३० रन जोडे । यस्तै गुल्सन झाले ३४ बलमा चार चौका र तीन छक्कासहित ४८ रन बनाए ।

नेपालका लागि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसके पनि रोहितको शतकले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दियो । क्यानडाका अखिल कुमारले ४, सुखजिन्दर सिंहले ३ र जाहिद श्रीजादले २ विकेट लिए । २३६ रनको लक्ष्य पछ्याएको क्यानडाका लागि आरोन जोहनसनले ४४, समित गोहेलले ३५ तथा अखिल कुमारले अविजित ३० रन बनाए ।

सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र नन्दन यादवले समान दुईरदुई विकेट लिए । जितसँगै नेपालले लिग–२ मा ३३ खेलबाट १२ जितसहित २६ अङ्क जोडेको छ ।

नेपाल तालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने पराजित क्यानडा २५ अङ्कसहित सातौँ स्थानमा झरेको छ । जितसँगै विश्वकप लिग–२ मा नेपालले अङ्कतालिकामा सुधार ल्याएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

लिग–२ शृङ्खला : ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जीत

   आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । आज भएको खेलमा नेपालले

SITENAME

महिला फुटबल खेलाडी चाँडै अवकाश लिन बाध्य हुँदै स् फिफप्रो प्रतिवेदन

  महिला फुटबल अर्बौँ डलरको उद्योग बन्ने दिशामा अघि बढिरहे पनि धेरै व्यावसायिक खेलाडीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक

SITENAME

श्रीलंकाका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक

  एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि

↑