श्रीलंकाका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक

एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ ।
तीव्र गतिका बलर उनले २५ टेस्ट, २४ एकदिवसीय र १४ टी–२० खेलेका छन् । अमेरिका राष्ट्रिय टोली, नेपाल र ओमानको बलिङ प्रशिक्षक रहिसकेका उनले लङ्का प्रिमियर लिगमा कोलम्बो किंग्स, क्यान्डी बोल्ट्स र क्यान्डी रोयल्समा पनि काम गरेका छन् ।
विराटनगर किंग्सले बलिङ प्रशिक्षण, खेलाडी विकास र टोली व्यवस्थापनमा रहेको उनको विशेषज्ञतालाई नै निरन्तरताको मुख्य आधार बनाएको हो । उनी यसअघि पनि विराटनगरको प्रशिक्षक रही सकेका छन् । विराटनगरले विदेशी खेलाडीमा चरिथ असलंका, शुभम रन्जने लगायतलाई अनुबन्ध गरिसकेको छ ।
एनपीएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । अहिले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डका पहेँलो, रातो, सुन्तला र सेतो रङका कुर्सीहरू जडान गरिएका छन् । साथै, गाडी पार्किङका लागि कीर्तिपुर क्षेत्रका खुला ठाउँहरू निर्धारण गरिएको छ। विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकहरूका लागि वातानुकूलित र आधुनिक प्रविधियुक्त कार्यकक्षको व्यवस्था मिलाइँदै छ ।
प्रतियोगिता अवधिभर दर्शकको अत्यधिक चाप हुने सम्भावनालाई अनुमान गर्दै नेपाल प्रहरी र आयोजकले कडा सुरक्षा योजना तयार पारेका छन् ।

लिग–२ शृङ्खला : ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जीत
आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । आज भएको खेलमा नेपालले

महिला फुटबल खेलाडी चाँडै अवकाश लिन बाध्य हुँदै स् फिफप्रो प्रतिवेदन
महिला फुटबल अर्बौँ डलरको उद्योग बन्ने दिशामा अघि बढिरहे पनि धेरै व्यावसायिक खेलाडीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक

रोहित पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई हरायो
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ । ओमानको अल अमिरातमा हिजो टस हारेर





प्रतिकृया दिनुहोस