तीज मनाउन माइती जान हिँडेकी महिलालाई खोलाले बगायो

गुल्मी । गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।
मुसीकोट नगरपालिका–५, इन्द्रगौडा घर भएकी अन्दाजी २८र२९ वर्षीया कल्पना पुन आइतबार साँझ माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।
प्रहरीका अनुसार उनी मुसीकोट–५ स्थित घरबाट इस्मा गाउँपालिका–४, हुलामा रहेको माइतीघर जाने क्रममा आइतबार साँझ करिब ७ बजे निस्सी खोला तर्दै थिइन् । सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटनाबारे स्थानीयमार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको छ ।
यस्तै, प्रहरी चौकी पौदीअमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा चार जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको छ । उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै
जनकपुरधाम । तराई(मधेशका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठचन्द्र ९चौरचन० पर्व मनाइँदैछ । छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा

आज यि प्रदेशमा ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशभर साधारणतया बादल लाग्नेछ । देशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
काठमाडौं । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ । बालमैत्री वातावरणमा बाल अधिकार







प्रतिकृया दिनुहोस