कास्कीको लुम्ले र लमजुङमा धेरै भारी वर्षा कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौं । गण्डकीका केही क्षेत्रमा ठूलो वर्षा भएको छ । कास्की र लमजुङमा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको रेकर्ड अनुसार कास्कीको लुम्ले क्षेत्रको मापन केन्द्रमा २४ घण्टामा १२५।४ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विज्ञानमा यसलाई धेरै भारी वर्षा भएको भनिन्छ ।
२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने २०० मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै, ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।
गत २४ घण्टामा गण्डकीकै लमजुङको फलेनी मापन केन्द्रमा पनि धेरै भारी वर्षा मापन भएको छ । उक्त मापन केन्द्रमा १०९। २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै धादिङ र गोरखाको सीमा क्षेत्रमा रहेको आरुघाट मापन केन्द्रमा ८७।८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।आज दिउँसो र राति पनि देशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ?
आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू(भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
यस्तै, देशको हिमाली र पहाडी भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू(भागका थोरै स्थानमा पनि मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ्र
देशको पहाडी र तराई भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू(भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

कृष्णभिरमा रोकिएका सवारी पास गराइयो, बिहीबारबाट दुईतर्फी चल्ने
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ । दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा

बाढीले पूर्वाधारमा मात्र करिब २ खर्ब क्षति
काठमाडौं । रसुवा–भोटेकोशी बाढीले पूर्वाधार क्षेत्रमा मात्र करिब २ खर्ब बराबरको क्षति भएको पाइएको छ । सरकारले गठन गरेको रसुवा–भोटेकोशी

रुकुम पश्चिमजिप दुर्घटना, २ जनाको मृत्यु, ९ घाइते
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कोटगाउँबाट







प्रतिकृया दिनुहोस