आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ ।
बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्न÷गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ ।
ही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनासकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा धनजनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संंरक्षण गर्नुपर्ने आवश्यकता छ ।
त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो । यस अवसरमा आज परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन् ।

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै
जनकपुरधाम । तराई(मधेशका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठचन्द्र ९चौरचन० पर्व मनाइँदैछ । छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा

आज यि प्रदेशमा ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशभर साधारणतया बादल लाग्नेछ । देशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

तीज मनाउन माइती जान हिँडेकी महिलालाई खोलाले बगायो
गुल्मी । गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । मुसीकोट नगरपालिका–५, इन्द्रगौडा घर भएकी अन्दाजी २८र२९ वर्षीया कल्पना पुन







प्रतिकृया दिनुहोस