कृष्णभिरमा रोकिएका सवारी पास गराइयो, बिहीबारबाट दुईतर्फी चल्ने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ ।
दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केहीबेरअघिबाट सडक आंशिक रुपमा सञ्चालनमा आएको हो ।
तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराइएको सडक विभागका महानिर्देशक डा। विजय जैसीले जानकारी दिए ।
भित्तामा नालीको काम बाँकी भएकाले बिहीबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उनले बताए ।
यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो ।
गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध थियो ।
त्यसयता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौं आवागमन गरिरहेका थिए ।

बाढीले पूर्वाधारमा मात्र करिब २ खर्ब क्षति
काठमाडौं । रसुवा–भोटेकोशी बाढीले पूर्वाधार क्षेत्रमा मात्र करिब २ खर्ब बराबरको क्षति भएको पाइएको छ । सरकारले गठन गरेको रसुवा–भोटेकोशी

रुकुम पश्चिमजिप दुर्घटना, २ जनाको मृत्यु, ९ घाइते
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कोटगाउँबाट

कास्कीको लुम्ले र लमजुङमा धेरै भारी वर्षा कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ?
काठमाडौं । गण्डकीका केही क्षेत्रमा ठूलो वर्षा भएको छ । कास्की र लमजुङमा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको







प्रतिकृया दिनुहोस