आलिताल गाउपालिकाको भौतिक प्रगती ९९ प्रतिशत
.jpeg)
पुष्कर भण्डारी
श्राबण १३ सोमबार ,२०७६
डडेल्धुरा–आलिताल गाउपालिकाले गत आर्थिक बर्ष २०७५÷०७६ मा तर्जुमा गरेका कुल दुई सय ५१ मध्ये दुई सय ५० योजना सम्पन्न गरेको छ । एउटा खानेपानिको योजना बाहेक सबै योजना सम्पन्न पछि फरफारक गरी भुक्तानीका आधारमा भौतिक प्रगती ९९.६० प्रतिशत गरेको गाउपालिकाले जनायो ।
आलिताल गाउपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी गत आर्थिक बर्षमा सञ्चालित योजना कार्यक्रमहरु बारे जानकारी दिदै खानेपानिको एउटा योजनामा विवाद हुदा सत प्रतिशत भौतिक तथा बित्तिय प्रगती हुन नसकेको गाउपालिका अध्यक्ष बलबहादुर गुरुंगले बताए । ५० हजार विनियोजन गरेको एउटा खानेपानिको योजना स्थानियको विवादका कारण सम्पन्न हुन नसकेको उनले बताए ।
गाउपालिका स्तरिय ३९ योजना मध्ये सबै सम्पन्न गरिएका छन । यस्तै वडा स्तरिय योजनाहरु अन्र्तगत वडा नं. १ मा २८ वटा योजना, वडा नं. २ मा ३६ वटा, वडा नं. ३ मा २० वटा, वडा नं. ४ मा ३० वटा, वडा नं. ६ मा ३०, वडा नं. ७ मा ३० र वडा नं. ८ मा २८ वटा योजना सञ्चालन गरिएकोमा सबै योजना सम्पन्न भएको अध्यक्ष गुरुंगले बताए । वडा नं. ५ मा २० योजना मध्ये १९ वटा सम्पन्न भएको बताउदै अध्यक्ष गुरुंगले एउटा खानेपानिको योजना सम्पन्न हुन नसक्दा गाउपालिकाले शप्रतिशत प्रगती हांसिल गर्न नसकेको जनाए ।
गत आर्थिक बर्षमा गाउपालिकाको चालु पँुजिगत सशर्त अनुदान सहित विनियोजना कुल रकम ३६ करोड एक लाख ४३ हजार एक सय १९ रुपैया मध्ये ३४ करोड ९० लाख ९४ हजार एक सय ४० रुपैया खर्च गर्दा प्रगती ९६.९३ प्रतिशत पुगेको छ ।
भौतिक पुर्वाधार निर्माण तर्फ गाउपालिका स्तरिय ३९ वटा योजनामा दुई करोड ७६ लाख ८५ हजार पाँच सय सात रुपैया र वडा स्तरिय जम्मा दुई सय १२ वटा योजनाहरुमा कुल बजेट तिन करोड सात लाख २० हजार रहेको थियो ।
गाउपालिकाले पालिका स्तरिय वडा स्तरिय गरी सडक निर्माण ट्र्या खोल्ने र स्तरोन्नतीका गरी ५२, सिँचाई ९८, भवन निर्माण खास गरी सामुदायिक भवनहरु ४८, धार्मिक स्तलका १५, तटबन्धका १५ र पर्यटन विकासको १ योजना मध्ये सबै सम्पन्न गरिएका छन । खानेपानि र सरसफाईका १९ वटा योजना मध्ये १८ सम्पन्न भएको प्रगती विवरणमा छ ।
महत्वपुर्ण ठुला योजना गाउपालिका स्तर बाट सञ्चालन गरिएका थिए । गाउपालिकामा सभाहल निर्माणका लागी ३८ लाख ५६ हजार, घुम्ति आलिताल पर्यटन सडक स्तरोन्नती ३५ लाख, गैरा गांखेत आलिताल सडक विस्तार एवं स्तरोन्नती ३५ लाख क्रमागत रुपमा, गाउपालिका गांखेत सडक विस्तार २० लाख, गाउपालिकामा चमेना गृह र पालेघर निर्माण २१ लख ५० हजार, शाहुखर्क काफली सडक विस्तार १० लाख, गोदाम बजर गापा सडक स्तरोन्नती सिँचाई कुलो सहित निर्माण पाँच लाख, हगुल्टे घण्टेश्वर पर्यटन सडक विस्तार पाँच लाख, गाउपालिकामा सार्वजनिक शौचालय निर्माण १० लाख, धातडी सिँचाई कुलो स्तरोन्नती ३ लाख, वर्थिंग सेन्टरमा कर्मचारी आवास निर्माण १० लाख, चेतना कृषि सहकारी भवन निर्माण पाँच लाख, आलिताल पर्यटन विकास योजना २५ लाख लगायतका योजना रहेकामा सबै सम्पन्न भएको जनाईयो ।
गाउपलिकाले युवा रोजगारीका लागी सञ्चालन गरेको ड्राईभिंग तालिम प्रदानमा युवाहरुले असन्तुष्टि जनाए । गाउपालिका बाट तिन जना महिला र १३ जना पुरुष गरी १६ जना लाई जिल्ला सदरमुकाम डडेल्धुरामा सिकाईएको १ महिने तालिम पर्याप्त नभएको एवं एक जना लाई खान वस्न र तालिम अनुसार तालिम सेन्टर लाई दिईएको ३१ हजार दुई सय ५० बराबर खाजा, खाना र वासको सुविधा नभएको स्थानिय लाल बहादुर बोहराले गुनासो गरे ।
यस बिषयमा आफुले अनुगमन समेत गरेको बताउदै अध्यक्ष गुरुंगले तालिम एक महिनाका लागी थप गरिएको र खाजा, खाना, आवासका लागी पनि उचित प्रबन्ध मिलाउन तालिम सेन्टर सञ्चालक लाई भनिएको जानकारी दिए ।
प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तरगर्त सञ्चालित योजना योजना परेकै ठाँउमा सञ्चालन गरिएकाले नँया योजनामा काम गर्न स्थानिय शिवदत्त भट्टले अग्रह गरे । स्थानिय भट्टको आग्रह अनुसार प्रधानमन्त्रि रोजगार कार्यक्रमको बजेट ढिला गरी आएकाले यो बर्ष अपेक्षा अनुसारका योजनामा काम गर्न नसेको बताउदै प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर रोक्काले यस बर्ष चाँडै रकम प्राप्त भए स्थानियका माग अनुसारका काम गरिने जनाए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय कला संस्कृतीको लागी पनि गाउपालिकाले आवश्यक रकम विनियोजन गर्नु पर्ने स्थानिय धन बहादुर बोहराले गाउपालिका समक्ष आग्रह गरेका थिए ।
सार्जजनिक सुनुवाई कार्यक्रममा गाउपालिकाले वडा नं. ४ मा स्वास्थ्य चौकी निर्माणका लागी जग्गा दान गर्ने जगादाता, उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गाउपालिकाका लेखापाल, समयमै काम सम्पन्न गर्ने निमार्ण व्यवसायी र पर्यटनका क्षेत्रममा उल्लेखनिय काम गरेको भन्दै सञ्चाकर्मी लाई समेत जनही पाँच पाँच हजार नगद सहित कदर पत्र प्रदान गरि सम्मान गरेको गरेको थियो ।

महकालीमा गाईगोरु तार्नेक्रममा एक जना बेपत्ता
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका(४ मालिकाटोलका ६० वर्षीय जित दमाई महाकाली नदीमा गाई गोरु तार्ने क्रममा बेपत्ता भएका छन्। बिहीबार गाई गोरु

दार्चुलाका प्रधानाध्यापक धामी मृत्यु घटनाका अभियुक्तहरूलाई धरौटीमा छाड्न आदेश
धनगढी । दार्चुलाको ब्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका

सुदूरपश्चिमलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने; मुख्यमन्त्री
धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेशलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका







प्रतिकृया दिनुहोस