राप्रपा डडेल्धुराको ७औँ जिल्ला अधिवेशनबाट भण्डारी अध्यक्षमा दोहोरिए

सुदूरआवाज
डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराको ७औँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशन मार्फत राजेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको राप्रपा डडेल्धुराले जनाएको छ।भण्डारी दोस्रो पटक जिल्ला अध्यक्षमा दोहोरिएका हुन्।
समितिको उपाध्यक्षमा रामबहादुर शाह, गणेश भण्डारी र कविता जोशी, सचिवमा लालबहादुर सेडा, कोषाध्यक्षमा सागर नगरकोटी तथा प्रवक्तामा सुरेश तोलाङ्गी चयन भएका छन्।
यस्तै हिक्मतसिंह साउद, मदनराज पाण्डेलगायत सदस्यहरू रहेका छन्।अधिवेशनले भण्डारीको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

बैतडीको पञ्चेश्वरमा पार्टी एकढिक्का नभएसम्म अधिवेशन नगर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको छ

बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन
काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको

विपदमा परी रूँदै गरेका नागरिकलाई होच्याउनेहरूलाई पार्टीमा ठाउँ छैन; रवि लामिछाने
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद रवि लामिछानेले विपदमा परेका नागरिकहरुको घाउमा नुनचुक छर्किने गरी अभिव्यक्ति दिनेहरूलाई







प्रतिकृया दिनुहोस