बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन

काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले हेल्प डेक्स राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो । उहाँले विपद्को संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीडितलाई प्रलोभन, दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो ।
विशेषगरी रसुवाको बेत्रावती तथा त्रिशूली करिडोर, तिमुरे, खट्टेखोला, स्याफ्रुबेँसी, हाँकुबेँसी र मैलुङलगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ ।
समितिले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूह यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने भन्दै सुरक्षा र संरक्षणको प्रभावकारी व्यवस्था गर्न निर्देशन दिएको हो ।
समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिकामा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिएको छ ।
पीडितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकताअनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनुभयो ।
समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका सवालमा अध्ययन, अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टरअनुसार उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ । उपसमिति दलीय आधारमा गठन गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

विपदमा परी रूँदै गरेका नागरिकलाई होच्याउनेहरूलाई पार्टीमा ठाउँ छैन; रवि लामिछाने
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद रवि लामिछानेले विपदमा परेका नागरिकहरुको घाउमा नुनचुक छर्किने गरी अभिव्यक्ति दिनेहरूलाई

सर्वोच्चको निस्साबाटै आधा जितिसक्यौं, न्याय पाउने विश्वास छ देउवा
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको

भदौ २४ को विध्वंश नवयुवाको आक्रोश थिएन ओली
काठमाण्डौ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस नवयुवाको आक्रोशबाट भएको घटना नभई लोकतन्त्र र







प्रतिकृया दिनुहोस