बैतडीको डिलाशैनीका १८ घर उच्च जोखिममा

SITENAME



बैतडी। बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि बैतडीको डिलाशैनी गाउँपालिका–१ बरभकेका १८ घर पहिरोको उच्च जोखिममा परेका छन्। 


बस्तीभन्दा करिब ५०० मिटरमाथि रहेको खेत तथा जमिनमा ठूलो दरार देखिएपछि स्थानीयमा पहिरोको त्रास बढेको हो। पछिल्ला केही दिनदेखि निरन्तर वर्षा भइरहेकाले जमिन थप भासिने र पहिरो जान सक्ने जोखिम बढेको स्थानीयले बताएका छन्।


स्थानीय लक्ष्मण जागरीका अनुसार पानी परिरहेकाले बस्तीका बासिन्दा त्रसित छन्। वडा अध्यक्ष कृष्णकुमार धामीले पनि बस्तीमाथिको जमिन चिराचिरा परेर फुटेको र जोखिम बढ्दै गएको बताउनुभएको छ।

जोखिमको अवस्था बुझ्न आइतबार प्रहरी, जनप्रतिनिधि तथा कर्मचारीको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको छ। जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको वडा अध्यक्ष धामीले जानकारी दिनुभयो।

पहिरोको जोखिममा गोरेदत्त भट्ट, कृष्णदत्त भट्ट, महावीर धामी, दूरा धामी, जसिदत्त भट्ट, मनिदरा भट्ट, लक्ष्मण जागरी, प्रताप जागरी, अकबर जागरी, नवराज भट्ट, धौले खत्री, कमल खत्री, जसे खत्री, कैले खत्री, प्रकाश धामी, धनबहादुर खत्री, ईश्वरदत्त भट्ट र धर्मराज भट्टको घर रहेका छन्।


डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीले जोखिममा रहेका परिवारलाई आफन्तको घर वा अन्य सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताउनुभएको छ। जमिनमा देखिएको दरारका कारण वर्षा बढेसँगै जोखिम थप गम्भीर हुनसक्ने भएकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

सुदूरपश्चिममा कर्मचारी सरुवामा मन्त्रालयहरूलाई मुख्यमन्त्री कार्यालयको रोक

   धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अर्को निर्देशन नभएसम्मका लागि कर्मचारीहरूको सरुवा तथा काज सरुवा नगर्नरनगराउन सबै मन्त्रालयहरूलाई

SITENAME

बाजुरामा खोलाले बगाएका किशोरको मृत्यु

  बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन्।  बाख्रा चराउन जाँदा

SITENAME

अछाममा आयोजित भलिवल प्रतियोगिता डडेल्धुराको नवदुर्गाले जित्यो

सुदूरआवाज डडेल्धुरा ।अछामको मेल्लेख गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप खुल्ला पुरुष भलिवल प्रतियोगिता डडेल्धुराको नवदुर्गा गाउँपालिकाले