कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ ।पश्चिम नेपालको कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरमा कञ्चनपुरको भम्का स्थित हनमाननगर स्टेशनमा सबैभन्दा धेरै १४१।४ मिलिमिटर वर्षा मापन भएको छ ।
यस्तै डडेल्धुराको डडेल्धुराको गाईबान्ने स्टेशनमा १२७।८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएकमो छ ।
उता तराईको सिरहामा पनि भारी वर्षा भएको छ, जहाँ ९० मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
मौसम विज्ञानमा २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ भने १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।
धेरै वर्षा भएका स्थानमा रहेका नदी तथा खोलाका तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले सतर्क रहन सरोकारवालाले सचेत गराएका छन् ।
आइतबार राति काठमाडौं उपत्यका लगायतका क्षेत्रमा पनि वर्षा भएको थियो । वर्षाका कारण राति यहाँका हनुमन्ते, बागमतीलगायतका खोलामा बाढी आएको थियो । हनुमन्तेको बाढीले राति खतराको तह पार गरेको थियो अहिले भने वहाब घटेको छ ।

सुदूरपश्चिममा कर्मचारी सरुवामा मन्त्रालयहरूलाई मुख्यमन्त्री कार्यालयको रोक
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अर्को निर्देशन नभएसम्मका लागि कर्मचारीहरूको सरुवा तथा काज सरुवा नगर्नरनगराउन सबै मन्त्रालयहरूलाई

बाजुरामा खोलाले बगाएका किशोरको मृत्यु
बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन्। बाख्रा चराउन जाँदा

अछाममा आयोजित भलिवल प्रतियोगिता डडेल्धुराको नवदुर्गाले जित्यो
सुदूरआवाज डडेल्धुरा ।अछामको मेल्लेख गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप खुल्ला पुरुष भलिवल प्रतियोगिता डडेल्धुराको नवदुर्गा गाउँपालिकाले







प्रतिकृया दिनुहोस