भारतको झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु, बाढी र पहिरोले जनजीवन प्रभावित

काठमाडौं । भारतका जम्मु–कश्मीर, केरल र झारखण्डमा भारी वर्षा, बाढीपहिरो र चट्याङका घटनाले जनधनको क्षति बढेको छ ।
झारखण्डमा मंगलबार चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृतकमध्ये सबैभन्दा धेरै ९ जना गिरिडीह जिल्लाका, ३ जना दुमका र २ जना लातेहार जिल्लाका रहेका छन् । घाइतेहरूको अस्पतालमा उपचार जारी छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।
जम्मु–कश्मीरको शोपियाँ जिल्लाको जोरा गाउँमा सोमबार राति आएको बाढीले बस्ती, कृषि जमिन र व्यवसायिक प्रतिष्ठानहरू डुबानमा परेका छन् । उत्तरी कश्मीरको बान्डीपोरा जिल्लास्थित सुमलर क्षेत्रमा पनि बाढीका कारण तीनवटा घरमा क्षति पुगेको छ ।
बाढीपीडितलाई लाइफ ज्याकेट दिएर ज्यान गुमाए प्रशिक्षकलेकेरलमा बाढी उद्धारका क्रममा साहसिक घटना पनि सार्वजनिक भएको छ । गत १ अगस्टमा पौडी प्रशिक्षक आर। राजेशले बाढीमा बगिरहेका ६१ वर्षीय एक व्यक्तिलाई आफ्नो लाइफ ज्याकेट लगाइदिएर उद्धार गरेका थिए ।
तर, उद्धारपछि फर्किने क्रममा सुरक्षा डोरीबाट उनको हात छुटेपछि उनी तीव्र भेलमा बगेर बेपत्ता भएका थिए । पछि उनको मृत्यु भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
केरलमा २५ जनाको मृत्यु, १८ हजारभन्दा बढी विस्थापित
केरलमा १ अगस्टदेखि निरन्तर परेको वर्षाका कारण बाढीको प्रकोप देखिएको छ । अहिलेसम्म वर्षासम्बन्धी घटनामा २५ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।
राज्य सरकारका अनुसार बाढीका कारण हजारौं मानिस घर छाड्न बाध्य भएका छन् । १८ हजारभन्दा बढी प्रभावितलाई राहत शिविरमा राखिएको छ । पथनमथिट्टा, कोट्टायम र अलप्पुझा जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् ।
भारी वर्षाका कारण राज्यका धेरै नदी र बाँधमा जलसतह उच्च बनेको छ ।

चीनतर्फको ठूलो ताल फुट्यो, तिब्बतमा जारी उद्धार अभियान पनि स्थगित , नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन रसुवा प्रशासनको सर्कुलर
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको जनाएको छ। प्रशासनले चिनियाँ

कोलम्बिया भूकम्पमा परि १३२ जनाको मृत्यु
काठमाडौं । कोलम्बियामा ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले

आज स्पेसएक्सको रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदै
काठमाडौं । स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा ठोक्किने भएको छ । गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा







प्रतिकृया दिनुहोस