अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि

एजेन्सी।स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–० ले गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो ।
सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ । अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरे । निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले १०६ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध १–० को अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि १–० गोलको जित हासिल गर्यो।
खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो ।
स्पेनले फ्रान्सलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो । टोरेसले गरेको एउटै गोल नै स्पेनलाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो । पूरै खेलभर बल नियन्त्रण, पास आदानप्रदान र अवसर सिर्जनामा स्पेन हावी देखिएको थियो । खेलको अन्त्यतिर अर्जेन्टिना १० खेलाडीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता जोगायो ।
यो सँगै प्रशिक्षक लुइस दे ला फुएन्तेले दुई वर्षअघि युरोकप जिताएपछि अब विश्वकप पनि जिताउँदै स्पेनी फुटबलको नयाँ स्वर्णिम युगको नेतृत्व गरेका छन् ।
युवा र अनुभवी खेलाडीको सन्तुलित टोली निर्माण गरेका उनले स्पेनलाई लगातार ठूला प्रतियोगितामा सफलता दिलाएका हुन् । उपाधि जितेपछि प्रशिक्षक दे ला फुएन्तेले यो सफलता सम्पूर्ण टोली, युवा पुस्ता र स्पेनी फुटबलको दीर्घकालीन योजनाको परिणाम भएको प्रतिक्रिया दिएका छन् ।
फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना अधुरै रह्यो । उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरूले समर्थकलाई समेत भावुक बनाएको थियो । सन् २०३० को विश्वकप शुरु हुँदा मेस्सी ४२ वर्षका हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ ।

टी२०आईमा कुशल भुर्तेलको लगातार दोस्रो शतक
काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी(२०आईमा लगातार दोस्रो शतक प्रहार गरेका छन् । बिहीबार भइरहेको एसियन गेम्स

आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता
काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् राखेप को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाण्डौमा शुरु हुँदैछ

नेपालले स्कटल्यान्डलाई १९४ रनमा अलआउट गर्यो
काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा स्कटल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा







प्रतिकृया दिनुहोस