आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

SITENAME

 

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् राखेप को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । 

प्रतियोगितामा सातै प्रदेशका ६८६ खेलाडी सहभागी हुँदैछन् । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगितामा कुल ६६ स्वर्ण पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६ तथा कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि खेल हुनेछन् । 

भलिबल र कबड्डीमा समान २–२ स्वर्ण पदक समावेश छन् ।  एथलेटिक्सका खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछन् । भलिबलका खेल राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा, कराते कीर्तिपुरस्थित कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमी हलमा तथा उसुका खेल राखेपको सेमी कभर्डहलमा हुनेछ । 

प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती, नेपालय इन्टरनेश्नल प्रालि र केआईइसीले सहयोग गरेका छन् । प्रतियोगिता आउँदो शुक्रबार सम्पन्न हुनेछ ।

प्रतिकृया दिनुहोस
SITENAME

अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि

  एजेन्सी।स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा

SITENAME

टी२०आईमा कुशल भुर्तेलको लगातार दोस्रो शतक

 काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी(२०आईमा लगातार दोस्रो शतक प्रहार गरेका छन् । बिहीबार भइरहेको एसियन गेम्स

SITENAME

नेपालले स्कटल्यान्डलाई १९४ रनमा अलआउट गर्‍यो

  काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा स्कटल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा