सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा मेला देहिजाँत भव्य रुपमा सम्पन्न

रेडियो सुदूर आवाज
डडेल्धुरा – सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला देहीजाँत वुधवार सम्पन्न भएको छ ।
उग्रतारा जाँत कार्तिक शुक्ल पूर्णीमाको रातमा रतेडी र दोस्रो दिन दिउसेडी लाग्ने गर्दछ । राति रतडी पछि आज बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाईन दमाह, रुईसिंग, बिकुल, भोकर, शंक, घण्टा ईत्यादी बाजागाजाका साथ चार वटा गाउँबाट माता भगवतीको डोली सहित देउरो उग्रतारा मन्दिरमा पुगे संगै भगवती माताको पुजन शुरु भएको थियो । पुजन सकिए पछि भक्तजन एवं धार्मिक आस्थावानहरुलाई पुजारीले होम गरि बनाईएको तिलाख प्रशाद समेत वितरण गरयो । बिहानको पुजा आजा पछि दिउसो भगवती माताको गाँज मन्दिर लगायत सयौ एकडमा फैलिएको मैदानको बिषेश चार स्थानमा बाजागाँजाका साथ घुमाईएको थियो ।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा उग्रतारा भगवतीको मन्दिर अवस्थित छ । उग्रतारा मेला व्यपार व्यवसाय र आफन्तजन संगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात छ । मेलामा हराउदै गएका अन्न वाली फाँपर, भिमुर, तिमुर, तिल लगातय अदुवा, बेसार, चुक, मह, ध्यु, सुन्तरा, मौसमी, केरा लगायत स्थानिय स्तरमा उत्पादित विभिन्न चिज वस्तु संगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग तरकारी प्याजको बेर्नाको व्यापार गरिएको छ ।
किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा शिलामा हलोको फाली लागेर रगत बगे पछि देवी उत्पन्न भएर दर्शन दिईन । त्यस दिन देखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पुजा गरिँदै आएको जनश्रुति छ ।
देहिजाँतको महत्व र रोचक जात्रा के छ भने गाँज नचाउने, देउरो आउने, सुदूरपश्चिमको जनजीवन झल्किने बिभिन्न दृष्यहरु ,ईष्टमित्र ,साथी संगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाँट , सुदूरपश्चिमको लोकप्रिय खाना देहिजाँतमा प्रशस्त देख्न सकिने माँडा , बसाईसराईका कारण पहाड तराईको आवागमन ,भगवतीको गाथाको रुपमा गाईने डेउडा आदी मात्र खेलीदैन उग्रतारा माताको प्रसादको रुपमा कसैले मिठाई त कसैले चाउमिन ,जेरी , माँडा , स्थानीय जातका केरा फलफूल , मासु आदीको सहभोज गरि मनाउछन भने स्थानीय लोपोन्मुख उत्पादनको बिक्रि तथा प्रबद्र्धनका लागि पनि मेला प्रसिद्ध रहिआएकोछ ।
वर्षमा एक पटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने ,सुख प्राप्ती ,मोक्ष र मनोकामना पूरा हुने यस मेलाको आफ्नै मौलिक बिशेषता र यातायातको सुबिधाका साथै व्यबस्थित हुने भएकोले नै दशैंतिहारमा घर आउन न पाएका पनि वर्षेनी मेला भर्न रोजगारीका लागि बिदेशीएका आफन्तहरु घर आउने गर्दछन र देवीको आशिर्वाद लिई गन्तव्य तर्फ जाने भएकाले देहिजाँतको मेलालाई सुदूरपश्चिमबासीहरु पर्व कै रुपमा मान्ने गरेका छन बिहान चार वटै गाउको भ्राणबाट ल्याईएको माताभगवतीको देउरो बेलुका पाँच बजे पछि पुनः चार वटै गाउको भ्राणमा लगिए सँगै यस वर्षको उग्रतारा मेला देहिजाँत सम्पन्न भएको छ ।।

स्वरसम्राट् नारायणगोपालको ३५ औँ स्मृति दिवस आज
काठमाडौँ । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
गुवाहाटी ,भारत । नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । १३ मार्च अर्थात् फागुन २९ गते राति १०,१० बजे आफ्नै निवास

मुगुको लुमामा गयो ४।४ रेक्टर स्केलको भूकम्प
मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ८ः०३ बजे ४।४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान







प्रतिकृया दिनुहोस