भूकम्पले होइन, विशाल पहिरो खस्दा ल्हेन्दे खोलामा बाढी आयो;वैज्ञानिक अनुसन्धान प्रतिवेदन 

SITENAME

 

काठमाडौं । नेपाल र तिब्बतको सीमावर्ती ल्हेन्दे खोला क्षेत्रमा हालै गएको भीषण बाढी र लेदो बहावले नेपालमा ठूलो धनजनको क्षति पुर्‍याएको छ। यस विनाशकारी घटनामा परी १३०० बढीको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन्। यसका साथै तटीय क्षेत्रका प्रमुख सहरहरू र जलविद्युत् आयोजनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

घटनाको सुरुआती समयमा अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० लगायतका निकायहरूले ४।४ म्याग्निच्युडको भूकम्पका कारण चट्टान र बरफ खसेर बाढी आएको अनुमान गरेका थिए। साथै कुनै हिमताल वा बाँध फुट्दा यो घटना भएको हुन सक्ने आकलन पनि गरिएको थियो। तर, फ्रान्सको ग्रेनोबल अल्पेस विश्वविद्यालयकी भू(आकृतिविद् डा। क्रिस्टिन कुक र कोलम्बिया विश्वविद्यालयका भूकम्पविद् गो्रान एकस्ट्रोम सहितका अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको टोलीले पाइएका भूकम्पीय तथ्याङ्क ९साइस्मिक डेटा० विश्लेषण गर्दा प्रारम्भिक अनुमान गलत साबित भएको छ।


वैज्ञानिकहरूका अनुसार नेपालको काठमाडौं उत्तरस्थित स्टेसन र ‘ग्लोबल सिस्मोग्राफिक नेटवर्क’का तथ्याङ्क हेर्दा भूकम्पको जस्तो तीव्र धक्काको साटो दीर्घकालीन र कम आवृत्ति भएका तरङ्गहरू देखिएका थिए। यसले त्यहाँ भूकम्प नभई विशाल पहिरो गएको पुष्टि गर्छ, जसको भूकम्पीय तीव्रता ५।७ म्याग्निच्युडको भूकम्पसरह थियो। यो घटना गएको दशक वा दुई दशकयताकै विश्वकै सबैभन्दा ठूला पहिरोहरूमध्ये एक भएको वैज्ञानिकहरूको निष्कर्ष छ।

बाढीमा त्यति धेरै पानी कसरी समावेश भयो भन्नेबारे वैज्ञानिकहरू अझै अध्ययनरत छन्। प्रारम्भिक रूपमा हिमताल विस्फोटन ९ग्लेसियल लेक आउटबर्स्ट फ्लड ९जीएलओएफ० ० को आशङ्का गरिए पनि त्यसको कुनै प्रमाण भेटिएको छैन
सुरुमा प्लानेट ल्याब्सका भूउपग्रह तस्बिरहरूमा करिब ५ हजार २ सय मिटरको उचाइमा रहेको हिमनदी टुटेको देखिएकाले यसलाई ‘ग्लासिएल कोल्याप्स’ मानिएको थियो। तर, एकस्ट्रोम र अन्य वैज्ञानिकहरूको गणना अनुसार ५ म्याग्निच्युडभन्दा बढीको भूकम्पीय तरङ्ग उत्पन्न हुन हिमनदीको मात्र तौल पर्याप्त थिएन। पछि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ९इसरो० र नासा(यूएसजीएसको ‘ल्यान्ड्स्याट(९’ ले पठाएका स्पष्ट तस्बिरहरूबाट त्यहाँ ठूलो चट्टानी पहाड नै भत्किएर पहिरो गएको र हिमनदी पनि सोही पहिरोसँगै बगेर आएको स्पष्ट भएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

सडकपेटीमा प्रसूति घटना स् ड्युटीमा रहेका अस्पतालका कर्मचारी हटाइए, छानबिन सुरु

  काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले ड्युटीमा रहेका

SITENAME

चितवनमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

 चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका

SITENAME

१६१औं मोती जयन्ती मनाइँदै

    काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । १९२३