शिक्षक सेवा आयोग नेतृत्वविहीन हुँदा लाइसेन्स, परीक्षा र बढुवा सबै रोकिए

काठमाडौँ । शिक्षक सेवा आयोग विगत पाँच महिनादेखि पदाधिकारीविहीन छ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत् पदाधिकारी पदमुक्त हुँदा आयोग पदाधिकारीविहीन बनेको हो, जसका कारण आयोगलाई नीतिगत तथा प्रशासनिक निर्णय गर्न सकस भएको छ ।

गत वैशाख १८ गते अध्यादेश आएपछि आयोग पदाधिकारीविहीन बनेको हो । पदाधिकारी नहुँदा वार्षिक कार्यतालिका सार्वजनिक हुन सकेको छैन भने नियमित नीतिगत तथा प्रशासनिक काम प्रभावित भएका छन् ।


गत साउन १५ गते राष्ट्रिय सभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिँदै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढिसकेको बताएका थिए ।

आयोगका सूचना अधिकारी परशुराम तिवारीका अनुसार पदाधिकारीको अनुपस्थितिमा आयोगले नयाँ काम सुरु गर्न र पुराना प्रक्रियालाई अगाडि बढाउन सकेको छैन । वैशाख यता आयोगबाट सम्पादन हुनुपर्ने सम्पूर्ण प्रक्रिया रोकिएका छन् । उनले आयोगमा पदाधिकारी नियुक्त भएर नआएसम्म स्थगित भएका कुनै पनि काम अगाडि बढाउन सम्भव नरहेको बताए ।

पदाधिकारी नहुँदा शिक्षक बढुवाका २५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कन ९कासमू० आधारित प्रक्रिया, प्रावि र निमावि तहका प्रादेशिक अन्तर्वार्ताहरू रोकिएका छन् । यस्तै, माध्यमिक तहको बढुवा अन्तर्वार्ता तथा प्रदेश शिक्षा विकास निर्देशनालयबाट भएका ७५ प्रतिशत बढुवाविरुद्ध परेका उजुरीमाथि पुनरवलोकन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यसमेत ठप्प छ । गत वर्ष विज्ञापन गरिएका निम्न माध्यमिक र माध्यमिक तहका पदहरूको लिखित परीक्षा र आवेदन व्यवस्थापनका कामसमेत अगाडि बढ्न सकेका छैनन् ।

सूचना अधिकारी तिवारीले भने, ‘आयोगमा नयाँ पदाधिकारी नियुक्ति प्रक्रियाका लागि आवश्यक प्रस्तुतिकरण तथा अन्तर्वार्ताका सबै काम सम्पन्न भइसकेका छन् । हाल मन्त्रिपरिषद्को निर्णय मात्र पर्खिरहेको जनाइएको छ । आगामी मन्त्रिपरिषद्को बैठकले पदाधिकारी नियुक्तिको निर्णय गर्नेमा हामी आशावादी छौँ ।’

उनले निर्णय भएलगत्तै रोकिएका परीक्षा, नतिजा र बढुवाका कामहरूले पुनः गति लिने बताए ।

शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको अवधारणापत्रसहितको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिइसकेका छन् । अध्यक्षका उम्मेदवारहरूले भदौ ४ र ८ गते प्रस्तुतिकरण एवं अन्तर्वार्ता दिइसकेका हुन् । महिला सदस्य उम्मेदवारहरुले भदौ २ र ५ गते, खुला सदस्य उम्मेदवारहरुले भदौ ३ र ७ गते अन्तर्वार्ता दिएका थिए ।

अध्यक्ष पदमा ६ जना, महिला सदस्यमा ५ जना, सदस्यमा १० जना गरी कुल २१ जना उम्मेदवारहरू संक्षिप्त सूचीमा छनोट भएका थिए, तर अहिलेसम्म नियुक्ति प्रक्रिया अघि बढेको छैन ।

शिक्षक सेवा आयोग संशोधित नियमावली बमोजिम शिक्षकको स्थायी नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्ने मुख्य जिम्मेवारी आयोगलाई दिइएको छ । यसका साथै विद्यालयमा अध्यापन गर्न चाहने व्यक्तिलाई अध्यापन अनुमति पत्र ९टीचिङ लाइसेन्स० दिने र त्यसका लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण गरी परीक्षा सम्बन्धी कार्य गर्ने अधिकार पनि आयोगमै निहित गरिएको छ । यी काम अहिले प्रभावित बनेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

सडकपेटीमा प्रसूति घटना स् ड्युटीमा रहेका अस्पतालका कर्मचारी हटाइए, छानबिन सुरु

  काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले ड्युटीमा रहेका

SITENAME

चितवनमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

 चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका

SITENAME

१६१औं मोती जयन्ती मनाइँदै

    काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । १९२३