विपदमा परी रूँदै गरेका नागरिकलाई होच्याउनेहरूलाई पार्टीमा ठाउँ छैन; रवि लामिछाने

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद रवि लामिछानेले विपदमा परेका नागरिकहरुको घाउमा नुनचुक छर्किने गरी अभिव्यक्ति दिनेहरूलाई पार्टीमा ठाउँ नभएको बताएका छन्।
पार्टी सभापति समेत रहेका लामिछानेले बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै विपदमा रूदै गरेका नागरिकलाई होच्याउनेलाई पार्टीमा ठाउँ नभएको बताएका हुन्।
ुविपदमा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन,ु उनले भने।
उनले पार्टीलाई अन्ध समर्थकु नचाहिएको पनि बताए।
ुविपदमा रूँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्ध–समर्थक चाहिएकै छैन। हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ,उनले भने।
उनले कतैबाट त्यस्ता अमानवीय व्यवहार भए निर्मम हुन पनि सरकारलाई आग्रह गरे।
ुसरकारलाई मेरो स्पष्ट आग्रह छ, पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने, त्यसको विरूद्ध ुहामी निर्मम हुन्छौं भनेर विज्ञप्ति निकाल्ने होइन, राज्य साँच्चै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाउने हो। देखाउनुहोला,ु उनले भने।
नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जबाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको लामिछेनेले बताए।

बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन
काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको

सर्वोच्चको निस्साबाटै आधा जितिसक्यौं, न्याय पाउने विश्वास छ देउवा
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको

भदौ २४ को विध्वंश नवयुवाको आक्रोश थिएन ओली
काठमाण्डौ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस नवयुवाको आक्रोशबाट भएको घटना नभई लोकतन्त्र र







प्रतिकृया दिनुहोस