यू–१९ एशिया कप: नेपाल लगातार दोस्रो खेलमा पराजित

एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ७ विकेटले पराजित भयो ।
नेपालले दिएको १ सय ३१ रनको लक्ष्य बङ्गलादेशले २४ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायो । बङ्गलादेशका जावाद अबरारले नटआउट ७० रन बनाए । नेपालका अभिषक तिवारी र युवराज खत्रीले १र१ विकेट लिए ।
यसअघि संयुक्त अरब इमिरेट्स ९यूएई० को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा १ सय ३० रन बनाउँदा सबै विकेट गुमायो । नेपालका अभिषेक तिवारीले सबैभन्दा धेरै ३० रन बनाए । यस्तै आशिष लुहारले २३, शाहिल पटेलले १८, निरकुमारले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बङ्गलादेशका एमडी सबुजले ३ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेटले पराजित भएको थियो । अब नेपालले लिग चरणको तेस्रो तथा अन्तिम खेलमा पर्सि अफगानिस्तानसँग खेल्नेछ ।
एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेशिया तथा समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेका छन् ।
दुवै समूहबाट शीर्ष दुई रहने टोली सेमिफाइनलमा पुग्नेछ । फाइनल खेल आउँदो पुस ६ गते हुनेछ ।

राष्ट्रिय लिगमा जावलाखेल र प्लानिङ ब्वाइज विजयी
राष्ट्रिय लिग फुटबलमा हिजो भएका खेलमा जावलाखेल युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा

सन् २०२८ मा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो लाग्यो
सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ । भारत र श्रीलंकामा चलिरहेको

सभापतिमा देउवाको विकल्प छैन ; महत
काठमाडाैँ – नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले







प्रतिकृया दिनुहोस