स्वरसम्राट् नारायणगोपालको ३५ औँ स्मृति दिवस आज

काठमाडौँ । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो ।
उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित भएका थिए ।
‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए १ कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्।।।’, ‘अल्झेछ क्यारे पछ्यौरी।।।’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् ।
मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।
रासस

सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा मेला देहिजाँत भव्य रुपमा सम्पन्न
रेडियो सुदूर आवाज डडेल्धुरा – सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला देहीजाँत वुधवार

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
गुवाहाटी ,भारत । नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । १३ मार्च अर्थात् फागुन २९ गते राति १०,१० बजे आफ्नै निवास

मुगुको लुमामा गयो ४।४ रेक्टर स्केलको भूकम्प
मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ८ः०३ बजे ४।४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान







प्रतिकृया दिनुहोस