जेष्ठ नागरिक लाई सम्मान सहित सामाजिक सुरक्षा भत्ता वितरण ।

SITENAME

रेडियो सुदूर आवाज डडेल्धुरा, बैशाख २६, डोटी
भव्य सम्मान समारोहको आयोजना गरी वडा भरीका जेष्ठ नागरिक लाई सम्मान सहित सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । डोटीको के.आई.सिंह गाउपालिका वडा नं. ४ ले बुधबार वडा तथा गाउपालिका सदरमुकाम वायल मै सम्मान समारोहको आयोजना गरी जेष्ठ नागरिकहरुलाई भत्ता वितरण गरेको हो । केन्द्रिय तथा प्रदेश सरकारले गरेको ढिलाईका कारण भनेको समयमा भत्ता नपाउदा निरास बनेका जेष्ठ नागरिक लाई सम्मान सहित भत्ता बाँडिदा खुसि भएका छन । दुई सय जेष्ट नागरिक रहको वडामा प्रत्येकलाई दोसल्ला ओढाई सम्मानका साथ भत्ता वितरण गरिएको वडा प्राबिधिक जय बहादुर धामिले बताए ।
आधुनिक युग संगै शहर बजारमा बसोवास गर्नेहरुले पछिल्लो समय बृद्ध आमा बुवा लाई बृद्धाश्रममा राख्ने सन्दर्भ जोड्दै गाउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले भने यस परिपाटीको अन्त्यका लागी शन्देश दिन पनि वडाले जेष्ठ नागरिक लाई सम्मान सहित भत्ता वितरण गरिएको हो । जेष्ट नागरिक बाटै समाज स्थापना भएकाले सभ्य समृद्ध समाज स्थापितका लागी जेष्ठ नागरिकको आसिर्वाद आवश्यक रहेको उनको भनाई थियो । 
सम्मान समारोहमा सबै भन्दा पहिले ८८ बर्षिय जेष्ठ नागरिकका रुपमा सम्मान गरिएका देव बिकले भत्ता पाउदै आए पनि पहिलो पटक सम्मान पाउदा निकै खुसि लागेको बताए । पहिले त भत्ता मात्रै बुझ्थ्यौ उनले भने, यस पाली भने गाउ भरीका बुढा पाका लाई एकै ठाउमा बोलाई सम्मान पनि गरियो । 
फोटो–जेष्ठ नागरिक लाई दोसल्ला ओढाई सम्मान गर्दै गाउपालिका प्रमुख लोकेन्द्र बहादुर शाह ।

प्रतिकृया दिनुहोस
SITENAME

निर्देशिका विपरित खोटो संकलनले सल्लेरी वन सुक्दै

पुष्कर भण्डारी मंगलबार साउन २९, २०७५ डडेल्धुरा- डडेल्धुराका सल्लेरी वनमा निर्देशिका विपरित खोटो संकलन भईरहेको छ । सामुदायिक वनका पदाधिकारी,  खोटो

महिला हिंसा विरुद्ध प्राज्ञिक बिद्यार्थी परिषदको ¥याली

दिपेन्द्र अवस्थी आईतबार साउन २७, २०७५ डडेल्धुरा- महिला माथि श्रङ्खलाबद्ध तथा सुनियोजीत तवर बाट भईरहेका बिभिन्न हत्या तथा हिंसाको विरोधमा ¥याली

SITENAME

युवा लाई उत्पादन मुखि बनाउन तर्फ जोड

रेडियो सुदूर आवाज आईतबार साउन २७, २०७५ डडेल्धुरा- युवाहरु लाई उत्पादन मुखी बनाउन तर्फ जोड दिईएको छ । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा अमरगढी