सर्वसाधारणको स्वास्थ्य चेकजाँच गर्न दुर्गम गाउमा स्वास्थ्य सिविर

SITENAME

रेडियो सुदुर आवाज डडेल्धुरा
बैशाख २५, डडेल्धुरा – गर्मी मौसम सुरु भए सगैं डडेल्धुराको भागेश्वर गाउपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारका लागी दुर्गम वडाका गाउहरुमा स्वास्थ्य सिविर सचांलन गरेको छ । भागेश्वर गाउपालिकाको दुर्गम गाउ बोगटामा निःशुल्क एकिकृत घुम्ती स्वास्थ्य सिविरको आयोजना गरि स्वास्थ्य उपचारका साथै औषधी वितरण गरिएको गाउपालिका अध्यक्ष कौशिला भट्टले बताईन । गर्मि बढे सगैं विभिन्न प्रकारका रोगहरुको संक्रमण पनि बढ्ने भएकाले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै एकिकृत घुम्ती स्वास्थ्य सिविर सेवा प्रदान गरिएको भागेश्वर गाउपालिकाका स्वास्थ्य प्रमुख मानबहादुर शाहुले बताए ।


बुधबार रुपाल स्वास्थ्यचौकीमा आयोजना गरिएको एकिकृत स्वास्थ्य सिविरमा भागेश्वर गाउपालिका वडा नं. ३ का दुई सय ९४ जनाको स्वास्थ्य चेकजाँच गरि औषधी वितरण गरिएको स्वास्थ्य प्रमुख शाहुले बताए । मौसम परिवर्त तथा गर्मी मौसमको सुरुवातको समयमा नै स्वास्थ्य सेवा प्रदान गराई सचेतना समेत गराई रहेकोे गाउपालिकाले जनायो ।

गाउपालिका सवैै वडामा संचालन हुने निशुल्क स्वास्थ्य शिविरमा जनरल स्वास्थ्य सेवा, आँखाको उपचार सहित निशुल्क चस्मा वितरण, दाँतको उपचार, भिडियो एक्सरे, प्रयोगशाला, पाठेघर खसेका महिलाको उपचार, पाठेघरको क्यान्सरको पहिचान, लगाएतका समस्या भएकाहरुको उपचार भईरहेको स्वास्थ्यकर्मी आरती बोहराले बताईन ।
प्रत्येक वडामा संचालन गरिने एकिकृत निशुल्क स्वास्थ्य शिविरमा सेवा लिएका मध्ये दुई सय महिला र ९४ जना पुरुषले सेवा लिएको बताईएको छ । सिविरमा ३३ जनाले भिडियो एक्सरा गराएको  थियो भने  पाठेघर खसेका विरामी ३३, दात सम्वन्धी समस्या भएका ७०, आँखाका समस्या भएका एक सय ५६ र अन्य २ जना विरामीेको चेक जाँच गरी औषधी उपचार गरिएकोस्वास्थ्य प्रमुख मानबहादुर शाहुले बताए ।

शिविरमा उपक्षेत्रिय अस्पताल डडेल्धुरा, आखा अस्पताल गेटा भागेश्वर गाउपालिकाका स्वास्थ्यकर्मी लगाएतका चिकित्सकहरुले चेकजाँच गरि उपचार गरिरहेका छन । उप क्षेत्रीय अस्पताल डडेल्धुरामा पाईने स्वास्थ्य सेवा गाउमै पाउन थाले पछि विरामी खुसी भएका छन् ।

 

प्रतिकृया दिनुहोस
SITENAME

कारागारमा रहेकी युवतीबाट शिशुको जन्म

रेडियो सुदूर आवाज शुक्रबार साउन ११, २०७५ झापा - जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् ।  कारागार प्रमुख

SITENAME

सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा नौ बुँदे सहमति

रेडियो सुदूर आवाज शुक्रबार साउन ११, २०७५ काठमाडौं - सरकार र अनशनरत डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा नौबुँदे सहमति भएको छ ।

SITENAME

पश्चिम सेतीमा थ्री गर्जेजको लगानी अन्योल 

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ काठमाडौं -सरकारले ७ सय ५० मेगावट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी थ्री