बगरकोटमा सुधारिएको चुलो प्रवद्र्धनका लागि ५ दिने प्राविधीक विकास तालीम सुरु

SITENAME

रेडियो सुदुर आवाज ९५ मेघाहर्ज डडेल्धुरा
बैशाख २६, डडेल्धुरा – भागेश्वर गाउँपाललीका र अजैयमेरु गाउँपालीका÷ग्रामीण जल स्रोत व्यवस्थापन परियोजनाको संयुक्त साझेदारी तथा आयोजनामा भागेश्वर गाउँपालीकाको कार्यालय वडा नं ४ बगरकोटमा पाँच दिने सुधारिएको चुलो प्रवद्र्धनका लागि प्राविधीक विकास तालीम आज बाट सुरु भएको छ ।

भागेश्वर गाउँपालीका अन्तरगत ५ वटै वडा र अजैयमेरु गाउँपालीकाका ६ वटै वडा बाट सुधारिएको चुलो प्रवद्र्धनका लागि प्राविधीक विकास तालीममा सहभागी रहेका छन । गाउँपालीकाका हरेक वडा बाट एक–एक जना गरि दुई वटै गाउँपालीकाका वडाहरु बाट ११ जना तालीममा सहभागि भएका छन । वडाका जन प्रतिनिधीहरुले सबैको सहमतिमा प्रत्येक वडाबाट १/१ जना लाई छनोट गरेको हो । 
भागेश्वर गाउँपालीकाका प्रमुख कौशिला भट्ट र अजैयमेरु गाउँपालीकाका प्रमुख उमेस भट्टको प्रमुख आतिथ्यतामा सुधारिएको चुलो प्रवद्र्धनका लागि प्राविधीक विकास तालीम सम्बन्धी कार्यक्रमको बुधबार उद्घाटन गर्नु भएको हो । स्वागत तथा उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले मन्तव्यमा बोल्दै सबैेले मिलेर अगाढी बढ्नु पर्ने सिप सिकेर सोरोजगार भै आफ्नो ठाउँको विकासमा लागि पर्नु पर्ने बताएका छन । त्यस्तै कार्यक्रममा बोल्दै अजैयमेरु गाउँपालीकाका संयोजक हेमा चन्द साहिले कार्यक्रमको उद्देश्यबारे जानकारि दिनु भयो । उक्त कार्यक्रममा स्थानयिहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जल स्रोत प्राविधीक प्रेम साउद, चुलो प्रशिक्षक भिम ऐर र नवराज जोशीले गर्नु भएको थियो । सो कार्यक्रम सञ्चालन भागेश्वर गाउँपालीकाका फिल्ड संयोजक ईश्वरी पन्तले गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

बडा दसैँको मुख्य दिन आजदेखि सुरु ; आज घरघरमा फूलपाती भित्र्याइँदै

रेडियो सुदूर आवाज असोज ३०, २०७५  - काठमाडौं बडा दसैँको मुख्य दिन आजदेखि सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भएको भए पनि मुख्य दिन

SITENAME

विश्वकर्मा पूजा आज

रेडियो सुदूर आवाज  असोज १, २०७५ सोमवार, डडेल्धुरा –  आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन्

SITENAME

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

रेडियो सुदूर आवाज शुक्रबार भदौ १, २०७५  काठमाडौं- मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन