बगरकोटका अपाङ्गलाई अपाङ्गता परिचय पत्र वितरण

रेडियो सुदुर आवाज डडेल्धुरा
बैशाख २५, डडेल्धुरा – भागेश्वर गाउँपालीकाको आयोजनामा सञ्चालीत अपाङ्ग परिचय पत्र वितरण कार्यक्रम मंगलबार गाउँपालीकाको वडा नं ४ बगरकोट स्वस्थ्य चौकी बगरकोटमा सम्पन्न भएको छ । त्यस ठाउँमा रहेका अपाङ्गहरु लाई छनोट गरि करिब २३ जना अपाङ्ग लाई एक कार्यक्रमका बिच अपाङ्गता परिचय पत्र वितरण गरिएको हो । अपाङ्गको किसिम हेरेर चार वर्गमा विभाजन गरि परिचय पत्र वितरण गरिएको थियो  । अपाङ्गता परिचय पत्र क वर्ग अन्तरगत ३ जना, ख वर्गमा ४ जना, ग वर्गमा १० जना र घ वर्ग अन्तरगत ६ जनालाई पत्र वितरण गरिएको थियो । अपाङ्गता परिचय पत्र लिन ३१ जना पुगे पनि २३ जनाले मात्र पाएका हुन । बाकी ७ जनाको अपाङ्गता स्पष्ट नभएकाले अपाङ्गता परिचय पत्र पाउन नसकेको हो ।
बगरकोट स्वस्थ्य चौकीमा एक औपचारीक कार्यक्रमका साथ परिचय पत्र वितरण गरिएको थियो । भागेश्वर गाउँपालीकाका प्रमुख कौसिला भट्टको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा साहायक जिल्ला प्रमुख कर्णाकर अवस्थी, महिला विकास अधिकृत सारदा भट्टराई, उप क्षेत्रीय अस्पताल डडेल्धुराका डा. धिरज विसङ्ख , प्रमुख प्रसासकीय अधिकृत खगेन्द्र भारती, बगरकोट स्वास्थ्या चौकीका स्वास्थ्य संयोजक मान बहादुर साहु , गाउँपालीकाका उप प्रमुख लगायत गाउँपालीकाको वडा नं ४ का स्थानीयहरुको कार्यक्रममा उपस्थीति रहेको थियो ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस
SITENAME

कारागारमा रहेकी युवतीबाट शिशुको जन्म

रेडियो सुदूर आवाज शुक्रबार साउन ११, २०७५ झापा - जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् ।  कारागार प्रमुख

SITENAME

सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा नौ बुँदे सहमति

रेडियो सुदूर आवाज शुक्रबार साउन ११, २०७५ काठमाडौं - सरकार र अनशनरत डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा नौबुँदे सहमति भएको छ ।

SITENAME

पश्चिम सेतीमा थ्री गर्जेजको लगानी अन्योल 

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ काठमाडौं -सरकारले ७ सय ५० मेगावट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी थ्री