सञ्चारकर्मी तथा गायक नविन जेठारा महासागरको “जीवन कहानी” म्युजिक भिडियो सार्वजनिक

SITENAME

भुवन महरा/रेडियो सुदुरआवाज डडेल्धुरा
२४ बैशाख २०७५, डडेल्धुरा –  सञ्चारकर्मी तथा गायक नविन जेठारा महासागरको “जीवन कहानी” म्युजिक भिडियो सार्वजनिक भएको छ  ।

https://youtu.be/JIWGTAdbXxU

सानै देखि गीत गाउँन मन पराउँने, गाउँ घरमा गीत गाउने महासागर पछिल्लो समयमा आफ्नो पहिलो प्रस्तुति “जीवन कहानी”  म्युजिक भिडियो  सहित युटुवमा सार्वजनिक भएका छन् । सुदुरपश्चिममा जन्मीएका महासागर सबैले रुचाएका एक कुसल  सञ्चारकर्मी समेत हुन । “जीवन कहानी” बोलको गीत गायिका पुर्णकला विसी र गायक नविन जेठारा महासागरको सुमधुर आवाजमा युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।

माया प्रेममा आधारित “जीवन कहानी” गीतमा माया छुट्टिएपछिको कहानी लगायत  माया प्रेमका सम्वादहरु विगतमा भएको स्नेह र साथ बर्तमानमा बाध्यतामा विछोड हुनुपर्दाको मार्मिक अवस्थालाई गीतमा समेटिएको छ । पहिले आफनै हुँ भन्नेले आफूलाई समय र परिस्थीतिले छुटदा भोग्नुपरेको पीडालाई गीतमा समेटिएको छ ।
 भिडियोमा प्रेमीकाले धोका दिएपछि विछोडको पीडामा महासागरका आशुँ थामीएनन् । भिडियो हेर्दा त आम दर्शक श्रोतालाई पनि आशुँ थाम्न गारो हुन्छ ।

आम दर्शक श्रोताको माग बमोजिम जीवनको भोगाईमा आधारित गीतमा विकल्प संगीतमको शब्द संगित रहेको छ । सुरेश श्रेष्ठको छायाँकन, सुजन शाहीको सम्पादन, कपिल लामाको निर्देशन भिडियोमा रहेको छ ।

उक्त “जीवन कहानी” म्युजिक भिडियोमा चर्चीत मोडल सारिका केसी र नविन जेठारा महासागरको अभिनय रहेको छ ।

https://youtu.be/JIWGTAdbXxU

 

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि ४ चलचित्र प्रदर्शनमा

रेडियो सुदूर आवाज शुक्रबार भदौ १, २०७५  काठमाडौं - शुक्रबारदेखि  ४ वटा चलचित्र देश भर एकै साथ प्रदर्शनमा आएका छन् । रिलिज भएका चलचित्र हुन् मिष्टर

नाईं नभन्नु ल ५ को शिर्ष गीत 

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ चलचित्र ‘नाईं नभन्नु ल ५’को शिर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा मेलिना राइको स्वर, दिनेश थपलियाको शब्द,

SITENAME

३५ भइन् कट्रिना

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी बलिउडकी सुन्दर अभिनेत्री कट्रिना कैफ ३५ औं वर्षमा प्रवेश गरेकी छिन् । यसपटकको जन्मदिनमा उनी