रुपाल स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न

रेडियो सुदुरआवाज डडेल्धुरा
बैशाख २४, डडेल्धुरा – भागेश्वर गाउँपालीकाको रुपाल स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिवीर सोमबार सम्पन्न भएको छ ।
भागेश्वर गाउँपालीकाको आयोजनामा सञ्चालीत दुई दिने निशुल्क स्वस्थ्य शिवीर यहि बैशाख २३ र २४ गते रुपाल स्वस्थ्य चौकीमा सञ्चालीत भएको थियो । शिवीरमा दाँत, आँखा, भिडियो ऐक्सरे, भि.आई.ए. तथा पाठेघर लगायत विभिन्न किसिमका गरि ४८१ जना विरामीहरुले सेवा लिएका छन । जस मध्ये भिडियो ऐक्सरे सेवा लिएका १०५ जना, दाँत सम्बन्धी उपचार गराउने ५६ जना १६ जनाले दाँत निकालेका छन, आँखा सम्बनधी १८८ जनाले सेवा लिएका छन भने त्यस्तै  भि.आई.ए. तथा पाठेघर सम्बन्धी ६६ जनाले उपचार गराएका छन । निशुल्क शिवीरमा अन्य किसिमका विरामीहरुले पनि निशुल्क उचार गराई स्वास्थ्य सेवा लिएका छन । धनगढी डेन्टल होम, डडेल्धुरा आखा अस्पताल र भिडियो ऐक्सरे, भि.आई.ए. तथा पाठेघर सम्बन्धी उप–क्षेत्रीय अस्पताल डडेल्धुरा बाट चिकित्सकहरुको टोली  शिवीरमा गएको थियो । विभिन्न प्रकारले उपचार गराउन नपाएका  र आर्थिक समस्याले उपचार गराउन नपाएका विरामीहरुले निशुल्क शिवीर बाट स्वास्थ्य सेवा लिएका हुन । उक्त निशुल्क स्वास्थ्य शिवीर बाट त्यस क्षेत्रका जनताहरु लाभान्वीत भएका छन ।

 

प्रतिकृया दिनुहोस
SITENAME

ऐतिहासिक (मौलिकता) झल्किने र आधुनिकता टल्किने धरहरा बन्छ ; प्रधानमन्त्री ओली

रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  काठमाडौं – भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक

SITENAME

कालिकोटमा आगलागीबाट ८७ घर जले

रेडियो सुदूर आवाज  पुस ९, २०७५ सोमबार   कालिकोट – पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  ।

SITENAME

अपडेट ; नुवाकोटमा मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गयो

रेडियो सुदूर आवाज मंसिर २८, २०७५ शुक्रबार  नुवाकोट – नुवाकोटको दुर्गम क्षेत्र घ्याङफेदीमा शुक्रबार साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान